काठमाडौं । पर्सा जिल्लाको वीरगन्जमा थप २ जनालाई कोरोना भाइरस कोभिड–१९ संक्रमण भएको पुष्टि भएको छ ।
वीरगन्ज महानगरकापालिकाका २ जना पुरुषलाई कोरोना भाइरस कोभिड–१९ को संक्रमण भएको स्वास्थ्यमन्त्रालयले जनाएको हो ।
कोरोना संक्रमित भारतीय जमातीसँग सम्पर्कमा रहेका वीरगन्ज महानगरका १४६ जना र पर्सा जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका ४१ गरी १८७ जनाको स्वाब संकलन परीक्षणका लागि काठमाडौं पठाइएकोमा २ जना पुरुषलाई कोरोनाको संक्रमण भएको हो ।
कोरोना संक्रमणपछि उनीहरुको नारायणी क्षेत्रीय अस्पतालको ईमर्जेन्सीमा उपचार भईरहेको स्रोतले जनाएको छ ।
