यूएई / एनआरएनए यूएईको राहत वितरण अभियान अन्तर्गत आज अमलकुइन लेडिज क्याम्पमा २० जना, बर दुबई १८ जना करामा ६ जना अल नाहादा १३ जना देरा २ जना सारझा ३ जना आजमान ४२ जना गरि कुल १०४ जनालाइ ३१२ KG चामल, ६५ KG प्याज, ८५ KG आलु ५५ KG दाल लगायतका अन्य खाध्य सामाग्री नेपाल एसोसिएसनको (एनआरएन) युएइको सक्रियतामा बाडिएको जानकारी गराउन चाहन्छु ।

यही क्रममा हाम्रो अभियानलाई सहयोग गर्ने हेतुले एनआरएन QRF टिमलाइ खाधान्न उपलब्ध गरी सहयोग गर्नु हुने निम्न संस्थाहरुलाई हार्दिक आभार ब्यक्त गर्दछु । सहयोगी मनहरु प्रती एनसीसी यूएई कृतज्ञता ब्यक्त गर्दछ र हार्दिक धन्यबाद दिन चाहंछ ।

१. मोरंग सुनसरी सेवा समाज युएई
२. तनहु सेवा समाज युएइ
सामानको लागी गोदाम ठाउ उपलब्ध गरिदिनु भयकोमा नेपाल ट्राभल्स बर दुबई प्रति हार्दिक आभार प्रकट गर्दछु । अभियानमा आफ्नो स्वास्थ्यको प्रवाह नगरी दिनभरी फिल्डमा खटने डीआरसी मनोज गोर्खाली ज्यु, अध्यक्ष प्रकाश कोइरालाज्यु, उपाध्यक्ष तथा क्यु आर एफ संयोजक पासाङ शेर्पा, उपाध्यक्ष राजन खतिवडा, उपाध्यक्ष नरेश शेन,वाईसी मदन अधिकारी, कोषाध्यक्ष बिकाश शाही, सह- कोषाध्यक्ष फनिंद्र ढकाल, एनसीसी सदस्यहरू सुजन सापकोटा, प्रकाश थापा, बेदप्रकाश पोखरेल, राजन अधिकारी,टंक जी र उहाको मिसेस, रमेश गौतम जी साथै बिभिन्न क्षेत्रमा खटने एनसीसी यूएई का क्षेत्रगत सम्योजकहरू, सदस्यहरू आरसीसी अलऐन, आरसीसी आबूधाबी, आरसीसी आजमान, आरसीसी दुबई लगायत सबै एनसीसी र आरसीसी एनआरएनए मेम्बरहरुलाई हार्दिक आभार व्यक्त गर्दछौ।
प्रकाश कोईराला
अध्यक्ष
एनआरएनए एनसीसी युएई







