शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

कोरोना भाइरसको सम्भावित खतराबाट जोगाउने उद्देश्यले दुबईमा रहेका नेपालीको विवरण संकलन गर्न थालियो

शनिबार, चैत्र २९ २०७६

युएई। दुबईमा रहेका नेपालीहरुको विवरण संकलन गर्न थालिएको छ। कोरोना भाइरसको सम्भावित खतराबाट जोगाउने उद्देश्यले एनआरएनए युएईसँगै नेपाल आदिवासी जनजाति महासंघ युएई,शेर्पा किदुङ,नेपाल मगर संघ युएईको संयुक्त पहलमा विवरण संकलन गर्न थालिएको हो।

दुवईको स्थानीय सुरक्षा निकायको समन्वयमा गैर आवासीय नेपाली संघ(एनआरएनए) युएईसहित अन्य नेपाली समुदायका प्रतिनिधिहरुले वरदुबई स्थित नेपाली बसोबास गर्ने स्थानहरु मिनाबजार,अल सुक,अल रफ्फा, करामा मनखुल,बुर्जुमान,खालिद बिन बलिद,अल हमरिया एरियामा विवरण संकलन गरिएको नेतृत्व टोलिका प्रमुख एनआरएनए यूएईका उपाध्यक्ष पासाङ रेन्जी शेर्पाले बताए। शेर्पाले आफुहरुले खतरा मोलेरै भएपनि नेपालीहरुको लागि काम गरिरहेको बताए । यस्तैे कुनै पनि नेपाली समस्यामा परे सीधै आफुहरुलाई सम्पर्क गर्न एनआरएनए मध्यपूर्वका सहसंयोजक मनोज गोर्खालीले आग्रह गरे ।

टोलीले उक्त क्षेत्रमा बसोबास गर्ने नेपालीहरुसँग भेटघाट गरि हुनसक्ने सम्भावित खतराबाट सुरक्षित रहन सबैमा आग्रह समेत गरे। पाँच दर्जन भन्दा बढी नेपालीहरु भेट गरिएको र जसमध्ये एक जना कोरोना संक्रमित नेपाली भेटिएको बताउँदै उनले ती व्यक्ति आफ्नै सेल्फ क्वारेन्टाईनमा बसेको र अवस्था सामान्य रहेको बताए।

टोलीमा गैर आवासीय नेपाली संघ(एनआरएनए) मध्यपुर्व उपसंयोजक मनोज गोर्खाली,एनआरएनए युएईका केन्द्रीय सदस्य सुजन सापकोटा, रमेश गौतम, नेफिन युएईका संरक्षक समिती सदस्य टंक थापा मगर, नेपाल मगर संघ शाखा युएई प्रतिनिधि सुनिता थापामगर, शेर्पा किदुग युएई प्रतिनिधि निमा ल्हमु शेर्पा र अमन थापा लगायत अन्य नेपाली समूदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। यस्तो कठिन परिस्थितिमा सामाजिक अभियान्ताहरुले गरेको सहारनीय काम प्रति सामाजिक संजालमा धेरैले प्रशंशा गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार