आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सरकारद्धारा कतारका लागि श्रम स्वीकृति दिन बन्द, नेपालस्थित क्यूभिसीको सेवा पनि बन्द

मंगलबार, फाल्गुन २७ २०७६

काठमाडौं । वैदेशिक रोजगारीको लागि कतार जानेहरुका लागि सरकारले श्रम स्वीकृति दिन बन्द गरेको छ । कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मको लागि कतार प्रवेशमा रोक लगाएसँगै मंगलबारदेखि श्रम स्वीकृति दिन बन्द गरिएको श्रम कार्यालय ताहचलले जानकारी दिएको छ ।

हाल कतारको लागि भिसा आएका नेपालीको संख्या ३५ देखि ४० हजारको संख्या रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले जानकारी दिए । कतार सरकारले नेपालीलाई प्रवेशमा रोक लगाएसंगै ठूलो सख्यामा नेपालीहरु प्रभावित भएको उनले बताए नेपालमा कोरोनाको संक्रमण कसैलाई नदेखिएको भएपनि विश्व स्वास्थ्य संगठनले नेपाललाई जोखिमको सूचीमा राखेको छ ।

अर्को सूचना नभएसम्मका लागि क्यूभिसीकाृे सेवा पनि बन्द
नेपालस्थित कतार भिसा सेन्टर (क्यूभिसि)को सेवा पनि मंगलबारबाट बन्द भएको छ । वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारहरूको स्वास्थ्य परीक्षण लगायत भिसा प्रक्रियाको काम गर्दै आएको भिसा सेन्टर अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको भिसा सेन्टरका प्रमुख कार्यकारी अधिकृत गौरव क्षेत्रीले जानकारी दिए ।

विश्वव्यापी रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि कतारले नेपालसहित १४ देशका नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ।

सोहि अनुरुप कतारको इमिग्रेशनले नेपालमा रहेको भिसा सेन्टरबाट हुँदै आएको काम तत्कालका लागि बन्द गर्न निर्देशन दिएकोले हाललाई नयाँ प्रक्रियाको सबै सेवा बन्द गरिएको क्षेत्रीले बताए । तर यसअघि मेडिकल प्रक्रिया गरेकाहरुको लागि पुनः मेडिकल गर्नुपर्ने भएमा भने सेवा दिइएको उनले बताए ।

भिषा सेन्टरबाट रोजगारीका लागि कतार जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गरी कामदारको औंठा छाप लिई भिसा प्रदान गर्ने, कामदारले कतारस्थित रोजगारदातासँग सक्कली करारपत्रमा हस्ताक्षर गर्ने काम हुँदै आएको छ ।

जसका कारण नेपाली कामदार कतारले पुग्नासाथ आफ्नो परिचयपत्र पाउने गरेका छन् । गत जेठ १५ गते देखि राजधानीको महाराजगंजस्थित चक्रपथमा भिषा सेन्टर संचालनमा आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार