काठमाडौं । प्रवासी नेपाली एकता मञ्च कतारले प्रधानमन्त्री ओलीको सफल मृर्गौला प्रत्यारोपणप्रति खुशी व्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । मञ्चका अध्यक्ष चानक पोखरेलले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री एक ब्यक्तिको मात्र नभएर सिङ्गो देश र जनताको भएको उल्लेख गर्दै प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।
विज्ञप्ति :

सम्पुर्ण देश तथा बिदेशमा अवस्थित नेपालीजनहरुमा हार्दिक अभिबादन सहित नमस्कार !
सम्माननिय प्रधानमन्त्री एबम नेकपाका श्रेद्दय अध्यक्ष केपि ओलि ज्यु को मृगौला प्रत्यारोपण सफल रुपमा सम्पन्न भएको छ । उक्त सफलता प्रधानमन्त्री एक ब्यक्तिको मात्र नभएर सिङ्गो देश र जनताको हितका लागि सफल भएको हामिले महसुस गरेका छौ । तीन करोड जनताले नजिकबाट अपेक्षा एबम सुसमाचारको पर्खाइमा बस्नु भएको तपाईं हामिले सामाजिक संजाल, देशका प्रमुख पत्रपत्रिका एबम अनलाइनले स्पष्ट बताएको छ ।

देशमा विभिन्न शासनकाल हामिले देख्यौं, केही इतिहास अध्यानले सिकायो भने केही परिबर्तनका आन्दोलनमा तपाईं हामी स्वयम् नै सङलग्न भयौ । प्रधानमन्त्री ओलि ज्यु ले आफ्नो नितान्त ब्यक्तिगत जिबनलाइ थाती राखी आफ्नो आफ्नो ज्यानको प्रवाह नगरी पन्चायत ब्यबस्थादेखी तानाशाही एकतान्तृक ब्यबस्था ढाल्न खेलेको भुमिकाले आज देशमा तपाईं हामीले स्वतन्त्रता पाएका छौ । यति ठुलो जोखिम मोलेर जनताका अधिकार स्थापित गराउनु त्यति सहज थिएन तरपनी वर्गसंघर्ष को लडाइँमा निरन्तर अगाडी बढ्न छोड्नु भएन । स्पष्ट एबम हक्की स्वभावका क. केपि ओलि राष्ट्रियताका बिषय कदापी बिचलित नभइकन हिजोका दिनमा भारतले गरेको नाकाबन्दी होस वा राष्ट्रियतालाइ असर पार्ने अन्य दलका नेताको सम्झौता होस ती सबै संकटकालिन परिस्थितिलाई सहजै आविस्कार गर्दै देश र जनताको पक्षमा अडिग रहने क्षमतावाला प्रधानमन्त्री पाउनु नै हाम्रो गर्व हो । युगले जन्माएको राजनेता हो त्यसैले समृद्धिको नारा लिएर अगाडी बढ्नु भएका राजनेता सामान्य कारणले कहिले बिचलित हुनुहुन्न । अब देशमा समृद्धि आयो नै किनकी वहाको सपना साकार हुनु नै बिकशित समृद्धि राष्ट्र बन्नु हो ।
प्रधानमन्त्री एबम नेकपाका अध्यक्ष क. केपि शर्मा ओलि ज्यु लाई पुन: शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
चानक पोखरेल
अध्यक्ष
प्रवासी नेपाली एकता मन्च कतार