आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

ट्राभल ब्यूरो अफ नेपाल अमेरिकाको भ्रमण बर्ष २०२० को आधिकारिक प्रतिनिधी

बिहिबार, माघ १६ २०७६

नेपालको पर्यटन प्रबद्र्धन गरिरहेको ट्राभल ब्यूरो अफ नेपालले अमेरिकामा नेपाल भ्रमण बर्ष २०२० को प्रबद्र्धनात्मक र प्रचारात्मक अभियान संचालन गर्ने भएको छ ।ट्राभल ब्यूरो अफ नेपालका प्रमुख कार्यकारी अधिकृत प्रदीप श्रेष्ठ र नेपाल भ्रमण बर्ष २०२०सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठबीच पर्यटन प्रबद्र्धन गर्ने एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । न्यूयोर्कमा आयोजित कार्यक्रममा भएको समझदारी अनुसार ब्यूरोले समाजिक संजाल, बेवसाइट, समाचारपत्र, अनलाईनमा भ्रमण बर्ष २०२० को लागो, फोटो, भिडियोलगायत ‘सामाग्री प्रसारण र प्रयोग गर्न पाउने छ ।

अन्तराष्ट्रिय संचारमाध्ययममा भ्रमण बर्षको विज्ञापनदेखि भ्रमण बर्षलाई सहयोग पुग्ने विभिन्न कार्यक्रम गर्न पाउने अमेरिकाको अधिकारिक संस्थाको रुपमा ट्राभल ब्यूराले काम गर्नेछ । ब्यूरोले यसअघि न्यूयोर्कको म्यानह्याटन, टाइम्स स्क्वायरलगायत स्थानमा नेपालको विभिन्न प्रचारात्मक अभियान संचालन गर्दै आएको थियो ।ब्यूरोका प्रमुख कार्यकारी अधिकृत प्रदीप श्रेष्ठले अमेरिकाको विभिन्न विश्वविद्यालय र अन्य राज्यहरुमा नेपालको प्रबद्र्धनात्मक कार्यक्रम संचालन गरी पर्यटन प्रबद्र्धन गरिने योजना रहेको वताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार