शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

कतारमा अब घरेलु श्रमिकले पनि जानकारी दिएर काम छाड्न सक्ने

बिहिबार, माघ २ २०७६

कतार(जस)– कतारमा घरेलु श्रमिकले तीन दिन अघि जानकारी दिएर काम छाड्न पाउने भएका छन् । कतारले आफ्नो श्रम कानुन सुधार गर्दै घरेलु श्रमिकका लागि यो नियम ल्याएको हो । यसअघि काम छाड्न रोजगारदाताको अनुमति (एक्जिट परमिट) अनिवार्य थियो । कतारले गरेको नयाँ निर्णअनुसार ग्यास, तेल कम्पनीमा कार्यरत, म्यारिटाइम, कृषि, सरकारी तथा सार्वजनिक संस्थान र आवधिक प्रकृतिका कम्पनीमा काम गर्ने श्रमिकले आफ्नो करार अवधिमै काम छाड्न सक्नेछन् । तर यो नियम कतार प्रहरीमा भने लागू हुने छैन ।
नयाँ कानुनले नयाँ श्रम बजार खुलाउनको लागि प्रोत्साहन गरेको सरकारी सूचना अधिकारीले बताएका छन् । नयाँ श्रम कानुनले दक्ष श्रमिक ल्याउन सहयोग पुग्ने कतारको विश्वास छ । कतारले गएको वर्षको अक्टोबरमै यो प्रणाली लागू गर्ने भनेको थियो र २०२० को जनवरीबाटै काफला प्रणाली पूर्णतया खारेज गरिने जनाएको थियो । श्रम कानून अन्तर्गत पर्ने कामदारले भने यसअघि देखि नै बिना पत्र कतार छोडन पाउने नियम छ
प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख अब्दुलाह बिन नस्सेर बिन खलिफा अल थानीले मन्त्रीपरिषदको २०१९ को निर्णय नम्बर ९५ जारी गर्दै तत्कालै लागू हुनेगरी श्रम कानून अन्तर्गत नपर्ने कामदार कतार छोडन चाहिने गमन पत्रको आवश्यकता हटाइएको सरकारी सन्चार कार्यलयले ट्विट गरेको छ । नयाँ नियम अनुसार मन्त्रालय तथा अन्य सरकारी कार्यलयका कर्मचारी,. तेल र ग्यास कम्पनीका कर्मचारी, समुन्द्री कर्मचारी, कृषि कम्पनीका कर्मचारी, सम्पुर्ण अस्थायी प्रकारका कामका कर्मचारी तथा कामदारहरु आफ्नो करार अवधीको बेलामा अस्थायी अथवा सधैंका लागि कतार छोड्न पाउनेछन् ।
यधपि आफ्नो पूरा कामदार मध्यको ५ प्रतिशतलाई कतार छोड्न नदिने अधिकार कम्पनीलाई अझै यथावत रहेको छ । यसमा बैंक,गहना पसल,लेखा लगायत महत्त्वपूर्ण विभाग हेर्ने कर्मचारीहरु पर्दछ्न् । नयाँ निर्णय अनुसार २०१७ को कानून नम्बर १५ मा पर्ने घरेलु कामदारले पनि तत्कालैदेखि अस्थायी वा स्थायी रुपमा कतार छोडन पाउनेछन् । तर त्यसका लागि कम्तिमा पनि ७२ घन्टा भित्र आफू कतार छोड्न लागेको जानकारी कामदारले आफ्नो मालिकलाई दिनुपर्ने मन्त्रालयले जनाएको छ । घरेलु कामदारले आफ्नो मालिकलाई जानकारी नदिई कतार छोडे पाउनुपर्ने हिसाब र टिकटको पैसाको लागि बोल्न पाउनेछैन । त्यस्ता कामदारलाई चार वर्षका लागि कतार आउन रोक पनि लगाइनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार