मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

रनिङ शिल्ड प्रतियोगिता शुरु

मंगलबार, पुष २९ २०७६

बाँके(जस)–बाँके खजुराको अमर माविको खेल मैदानमा सोमबारदेखि दोस्रो अन्तर विद्यालयस्तरीय रनिङ शिल्ड खेलकूद प्रतियोगिता शुरु भएको छ । ‘शिक्षा, स्वास्थ्य र खेलकूद खजुराको शान, विविधतामा एकता हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ शुरु भएको प्रतियोगिताको पूर्वखेलकूदमन्त्री दलजित सिर्पालीले उद्घाटन गर्दै खेल क्षेत्रमा अग्रणी भूमिकामा रहेको खजुरालाई आफू पदमा नहुँदा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा प्रदेश सभासदस्य बाबुराम गौतम, आइपी खरेल, खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिलगायतले खेलक्षेत्रमा सहयोग गर्ने जानकारी दिए । माघ ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा खजुरा क्षेत्रका ६५ विद्यालयको सहभागिता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार