काठमाडौं(एजेन्सी)–३८ बर्षिय स्विडेनका स्ट्राइकर जलाटन इम्ब्राहिमोविच इटालियन सिरी ए मा फर्किएका छन् । इब्राहिमोविचले एसी मिलानमा पुनरागमन गरेका छन् । इब्राहिमोविचले यस सिजनको अन्त्यसम्मका लागि र सम्झौता बढाउने सक्ने शर्तसहित मिलानसँग सम्झौता गरेका हुन् । अमेरिकाको एमएलएस लिग क्लब एलए ग्यालेक्सी छोडेर उनले सिरी ए क्लब मिलान आएका हुन् ।
इब्रहिमोविचले मिलानमा यस अघि दुई सिजन खेलेका थिए । जसमा ८५ खेलमा ५६ गोल गरेका थिए भने २०११ मा सिरी ए को उपाधि समेत जितेका थिए ।
हाल नराम्रो अवस्थामा रहेको मिलानलाई सम्हाल्न आफ्नो पुर्व क्लब मिलानमा उनको पुनरागमन भएको छ । मिलान अहिले लिगको ११औ स्थानमा रहेको छ । उनले २०१२ मा मिलान छोडेर फ्रेन्च क्लब पिएसजी गएका थिए । इबाहिमोविचले मिलानसँग सम्झौता गरेपछि मिलानलाई पुनः ट्रयाकमा ल्याउन आफुले आफ्ना खेलाडी सहकर्मीहरुसँग मिलेर संघर्ष गर्ने प्रतिक्रिया दिएका छन् । इब्रहिमोविचले आगामी जनवरी २ मा मेडिकल गरेर क्लबको प्रशिक्षणमा सहभागी हुने बताइएको छ । उनले यस अघि सिरी ए कल्ब युभेन्टस र इन्टर मिलानबाट समेत खेलिसकेका छन् ।