आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

महिला डबल लिग भलिबल च्याम्पियनसिप माघमा

बिहिबार, पुष १० २०७६

काठमाडौँ(जस)–ढोरपाटन स्पोर्टस् क्लबको आयोजनामा १५औँ संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप आगामी माघमा हुने भएको छ । आगामी माघ १६ देखि २८ गतेसम्म हुने उक्त च्याम्पियनसिपमा विभिन्न १२ टोलीले प्रतिस्पर्धा गर्ने बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलमा आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिए ।
सो च्याम्पियनसिपमा न्यु डायमन्ड एकेडमी, टप्स मावि, बुलबुले रारा क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) रहेका छन् । त्यसैगरी पारामाउण्ट मावि, चुली युवा क्लब, चितवन टाइगर्स, थ्री स्टार एकेडमी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र आयोजक ढोरपाटन क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेता टोलीले रु चार लाख पाँच हजार तथा उपविजेताले रु दुई लाख पाँच हजार पाउनेछन् । तेस्रो हुने टोलीले रु एक लाख पाँच हजार, चौथो हुनेले रु ७५ हजार, पाँचौँले ५५ हजार, छैठौँले ४५ हजार तथा सातौँ हुने टोलीले रु ३५ हजार पाउने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उदयीमान, वर्ष खेलाडी र ‘प्लेयर अफ दि सिरिज’ घोषित हुने खेलाडीले जनही एक थान स्कुटर पाउनेछन् । प्रतियोगिताको खेल नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार