आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

जावलाखेल र संकटा बराबरीमा रोकिए, मनाङ लिगको शिर्ष स्थानमा

बिहिबार, पुष १० २०७६

काठमाडौं(जस)–शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत जावलाखेल युथ क्लब र संकटा क्लब बराबरीमा रोकिएका छन् । विहिबार भएको खेलमा जावलाखेल र संकटाबीच १(१ गोलको बराबरीमा रोकिएको हो । यस खेलमा खेलको ३६औ मिनेटमा संकटाका लक्ष्मण रुचालले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोल अन्तरले अगाडी रहेको संकटाले दोस्रो हाफमा गोल खाएको थियो । जावलाखेलका लागि खेलको ७३औ मिनेटमा विदेशी खेलाडी ड्याडी जुनियर वाम्बाले बराबरी गोल फर्काएका थिए ।
यो बराबरीपछि जावलाखेल तीन खेलमा दोस्रो बराबरी खेलेको छ । तीन खेलमा एक जित र २ बराबरीसहित ५ अंक हासिल गरेर जावलाखेल तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै संकटाको भने तीन खेलमा एक जित एक बराबरी र एक हारसहित ४ अंक हासिल गरेर सातौ स्थानमा रहेको छ ।
मनाङ लिगको शिर्ष स्थानमा उक्लियो
शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मस्र्याङ्दी क्लबले लगातार तेस्रो जित हासिल गरेको छ । बिहीबार भएको खेलमा मनाङले ब्रिगेड ब्वायजलाई १–० गोल अन्तरले पराजित गरेको हो । मनाङको जितमा जगजीत श्रेष्ठले खेलको एक मात्र गोल गरेका थिए । श्रेष्ठले खेलको २५औ मिनेटमा गोल गर्दै मनाङलाई शुरुवाती अग्रता दिलाएका थिए । खेलमा त्यसपछि कुनै गोल भएन र खेल मनाङले एक शुन्यले जित्यो ।
खेलको ७४औ मिनेटमा मनाङका एकराज बुढाथोकीले रातो कार्ड पाएर मैदान छोड्दा मनाङ १० खेलाडीमा सिमित भएको थियो । खेलमा मनाङका कमल श्रेष्ठ प्लेयर अफ द म्याच बनेका छन् । यो जितसँगै मनाङ ३ खेलमा शतप्रतिशत जित निकाल्दै ९ अंकसहित लिगको शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै ब्रिगेड ब्वायजको भने तीन खेलमा यो दोस्रो हार हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार