आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सागमा पदक बिजेतालाई एनआरएनएको बधाई, यस्तो छ अध्यक्ष पन्तको बधाई सन्देश (विज्ञप्तिसहित)

शनिबार, मंसिर २८ २०७६

काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता, प्रशिक्षक र प्रतियोगितालाई वधाई ज्ञापन गैरआवासीय नेपाली संघ(एनआरएनए) ले बधाई ज्ञापन गरेको छ । एनआरएनए अध्यक्ष कुमार पन्तद्धारा जारी विज्ञप्तिमा साग मा नेपालले प्राप्त गरेको कीर्तिमानी सफलताप्रति गैरआवासीय नेपाली संघ अत्यन्त खुशी व्यक्त गर्दछ उल्लेख छ । १ ‘५१ स्वर्ण, ६० रजत र ९५ कास्य ९२०६० पदक जितेर नेपाललाई ऐतिहासिक सफलता दिलाउने पदक विजेता, प्रशिक्षक र प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न अहोरात्र खटिनुभएका सम्पूर्ण सरोकारवाला पक्षलाई संघ हार्दिक बधाई ज्ञापन गर्दछ,’ विज्ञप्तिमा छ ।

यस्तो छ विज्ञप्ति

हार्दिक बधाई तथा शुभकामना

हालै सम्पन्न भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले प्राप्त गरेको कीर्तिमानी सफलताप्रति गैरआवासीय नेपाली संघ अत्यन्त खुशी व्यक्त गर्दछ । ५१ स्वर्ण, ६० रजत र ९५ कास्य (२०६) पदक जितेर नेपाललाई ऐतिहासिक सफलता दिलाउने पदक विजेता, प्रशिक्षक र प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न अहोरात्र खटिनुभएका सम्पूर्ण सरोकारवाला पक्षलाई संघ हार्दिक बधाई ज्ञापन गर्दछ ।

विशेषत: पौडी प्रतियोगितामा सहभागी यूके निवासी गैरआवासीय नेपाली खेलाडी गौरिका सिंह (४ स्वर्ण, २ रजत र ३ कास्य) र लन टेनिस (सिंगल) तर्फ अष्ट्रेलिया निवासी संरक्षक बज्राचार्य (१ कास्य) ले प्राप्त गरेको सफलताले हामी अत्यन्त उत्साहित भएका छौँ । उहाँहरु दुवैलाई संघ हार्दिक बधाईसहित उत्तरोत्तर प्रगतिको कामना गर्दछ । दोश्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालसँग सीधा जोड्ने माध्यममध्ये खेलकुद पनि एक हो भन्ने हाम्रो सोचलाई उहाँहरुले प्राप्त गरेको सफलताले थप बलियो बनाएको महसुस गरेका छौँ ।

गैरआवासीय नेपाली खेलाडीलाई नेपालमा आयोजना हुने विभिन्न राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि सहज वातावरणको निर्माणतर्फ संघ सदैव प्रयत्नरत छ, सोही क्रममा राष्ट्रिय खेलकुद परिषद् लगायत नेपाल सरकारका सरोकारवाला निकायसँग पनि संघले निरन्तर छलफल गरिरहेको छ । यद्यपी, अझै केही प्रशासनिक र कानूनी झन्झटलाई यथावत रहेकोप्रति यो संघ पुन: नेपाल सरकारसहित राष्ट्रिय खेलकुद परिषद् लगायत सम्वद्ध सबैको ध्यानाकार्षण गराउँदछ ।

कुमार पन्त
अध्यक्ष, गैरआवासीय नेपाली संघ
१३ डिसेम्बर २०१९

प्रतिक्रिया
सम्बन्धित समाचार