आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

साग महिला फुटबलमा भारतसँग नेपाल पराजित

सोमबार, मंसिर २३ २०७६

प्रशिक्षक हरि खड्काद्वारा राजीनामा
पोखरा(जस)–जारी १३औ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा अहिले भारतसँग पराजति भएको छ । फाइनल खेलमा भारतले नेपाललाई २(० गोल अन्तरले पराजित गर्दै स्वर्ण पदक जितेको छ । घरेलु मैदानमा कहलेको नेपालले भने हारसँगै रजत पदकमा चित्त बुझाएको छ । भारतका लागि बाला देवीले २ गोल गरेकी हुन् । बाला देवीले पहिलो हाफमा एक र दोस्रो हाफमा एक गोल गरकी हुन् । यस अघि भएका सागका दुई फाइनलमा भारतले फाइनलमा नेपाललाई पराजित गरेको थियो ।
महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काद्वारा राजीनामा
नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन् । साग महिला फुटबलको फाइनलमा नेपाल भारतसँग २–० ले पराजित भएसँगै खड्काले राजीनामाको घोषणा गरेका हुन् । पोखरामा भएको फाइनल हारसँगै नेपालले लगातार तेस्रो पटक रजत पदकमा चित्त बुझाउनु परेको छ । खेलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खड्काले भने, ‘गोल्डको टार्गेट लिएर हिँडेको हुँ । यो पुरा गर्न नसक्दा मैले नैतिकताका आधारमा मुख्य प्रशिक्षकबाट राजीनामा दिएको छु ।’

प्रतिक्रिया
सम्बन्धित समाचार