आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एथ्लेटिक्समा नेपाललाई कास्य पदक

बुधबार, मंसिर १८ २०७६

काठमाडौँ(जस)–१३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको पुरुष १० हजार मिटरको प्रतियोगितामा नेपाली धावक दीपक अधिकारीले कास्य पदक जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा बुधबार भएको १० हजार मिटर दौडमा अधिकारीले सो दौड ३० मिनेट ५०.०६ सेकेण्डको समय खर्चदै कास्य पदक प्राप्त गेका हुन् ।
सोही प्रतिस्पर्धामा भारतका सुरेश कुमारले स्वर्ण पदक जिते भने श्रीलङ्काको सान मुगेशश्वरले रजत पदक हात पारे । कुमारले निर्धारित दूरी २९ मिनेट ३३.६१ सेकेण्ड समय खर्चदै पूरा गरे भने श्रीलङ्कामन मुगेशश्वरले ३० मिनेट ४९.२० सेकेण्डको समय लगाउँदै रजत पदक हात पारे । सोही स्पर्धामा मंगलबार भएको महिलातर्फको प्रतियोगितामा नेपालका सन्तोषी श्रेष्ठले स्वर्णपदक हासिल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार