शुक्रबार, साउन ८ २०८३

शुक्रबार, साउन ८ २०८३

जर्मनी र नेदरल्यान्ड युरोकपमा छनोट

आइतबार, मंसिर १ २०७६

काठमाडौं / बेलारुसलाई पराजित गर्दै जर्मनी युरोकप फुटबलमा छनोट भएको छ ।

शनिबार राति भएको खेलमा बेलारुसलाई ४–० ले हराउँदै जर्मनी आगामी वर्ष हुने युरोकपमा छनोट भएको हो ।

जर्मनीका लागि टोनी क्रुसले दुई तथा म्थायस गिन्टर र लियोन गोत्र्यकाले एक एक गोल गरे ।

खेलको ४१ औं मिनेटमा गिन्टरले गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाए । ४९ औं मिनेटमा गोत्र्यकाले गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाए । ५५ औं मिनेटमा क्रुसले गोल गर्दै जर्मनीलाई ३–० ले अगाडी बढाए । ८३ औं मिनेटमा क्रुसले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई ४–० को सहज जित दिलाए ।

समूह सी बाट १८ अंक सहित शीर्ष स्थानको जर्मनी युरोकपमा छनोट भयो । बेलारुस ४ अंक सहित तालिकाको चौथो स्थानमा छ ।
यही समूहको अर्को खेलमा नर्दन आयरल्यान्ड र नेदरल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

बराबरीसँगै नेदरल्यान्ड १६ अंक सहित दोस्रो स्थानमा रहँदै युरोकपमा छनोट भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार