आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

मध्यरातमा क्लबमा भेटिएका विमल घर्तीमगरसहित चार खेलाडी बर्खास्त

शनिबार, कार्तिक ३० २०७६

काठमाडौंं(जस)–अखिल नेपाल फुटबल संघ (एन्फा)ले चार जना खेलाडीलाई राष्ट्रिय टीमबाट बर्खास्त गरेको छ । एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर,मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई बर्खास्त गरेको हो । विश्वकप २०२२ को छनोटमा कुवेतविरुद्ध खेल्ने नेपाली टीमका खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै बर्खास्त गरेको एन्फाले जनाएको छ । उनीहरु मध्यरातमा ठमेलका विभिन्न क्लबमा भेटिएकाले कारबाही गरिएको हो । एन्फाका उच्च पदाधिकारीले प्रशिक्षक योहान कालीनसँगको छलफलपछि उनीहरुलाई टीमबाट बर्खास्त गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार