आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

शरदको अर्धशतकमा इमर्जिङ एसिया कप क्रिकेटमा नेपालको पहिलो जित

शनिबार, कार्तिक ३० २०७६

काठमाडौंं(जस)–बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा हङकङलाई पराजित गर्दै नेपालले पहिलो जित हात पारेको छ । बंगलादेशको राजधानी ढाकामा शनिबार भएको खेलमा नेपालले हङकङलाई ४० रनले हराउँदै पहिलो जित हात पारेको हो । नेपालले दिएको २ सय १८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको हङकङ ४५ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७७ रनमा समेटियो । हङकङका किन्चिट शाहले ५३, एहसान नवाजले अविजित ४४ रन जोड्दा हरोन महमद अर्सादले २६ रन बनाएका थिए ।
नेपालका लागि करण केसी र अविनास बोहराले ३–३ विकेट लिए भने सुशन भारीले २ विकेट लिएका थिए ।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २ सय १७ रन जोडेको थियो । नेपालको सुरुवात भने खराब रह्यो । कप्तान ज्ञानेन्द्र मल्ल ३ कुशल भुर्तेललाई १ रनमा आउट भएका थिए ।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शरद भेषवाकरले ८९ रनको योदन दिए । शरद र दिपेन्द्र सिंह ऐरीबीच ८३ रनको साझेदारी रह्यो । जसमा दिपेन्द्रले ३७ रनमा बनाएका थिए । आरिफ शेख ४८ रन बनाए भने विनोद भण्डारीले १५ रन जोडेका थिए । अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । हङकङका लागि मोहमद अजिज खानले ३ विकेट लिए भने नस्रुलाह राना र एहसान नवाजले २र२ विकेट लिए । जितसँगै नेपालले सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ । अब नेपालले अन्तिम खेलमा सोमबार बंगलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार