शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

सल्यानमा जीप दुर्घटनाः दुईजनाको घटनास्थलमै मृत्यु, आठ घाइते

बिहिबार, कार्तिक २८ २०७६

दाङ । सल्यानमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परि दुईजनाको मुत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

जिल्लाको फलावाङदेखि दाङ तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ४६० नम्बरको जीप त्रिवेणी गाउँपालिका ४ बडाखोलामा बिहीबार दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मुत्यु भएको प्रहरीले बताएको छ ।

मुत्यु हुनेमा सोही गाउँपालिका ४ फलावाङ बस्ने ५९ वर्षीया योगी थापा र सोही ठाउँ बस्ने ५४ वर्षीया कृष्णदेवी परियार रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार