आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

टी–२० क्रिकेटमा भारतमाथि बंगलादेशको कीर्तिमानी जित

सोमबार, कार्तिक १८ २०७६

काठमाडौं(एजेन्सी)–भारत टुरमा रहेको बंगलादेशले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा बंगलादेशले भारतमाथि ७ विकेटको जित निकालेको छ । भारतले दिएको १४९ रनको लक्ष्य पछाएको बंगलादेशले १९.३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । बंगलादेशको जितमा मुशफिकुर रहिमले अविजित ६० रन बनाएका थिए । त्यस्तै सौम्य सरका ले ३९, मोहमद नैमले २६ र मह्मुदुल्लाहले अविजित १५ रन बनाएका थिए । भारतीय बलर दिपक चहर, खलील अहमद र युजवेन्द्र चहलले एक एक विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउदै १४८ रन बनाएको थियो । भारतका लागि शिखर धवनले सर्वा्धिक ४१ रन बनाएका थिए भने ऋषव पन्तले २७, श्रेयस अय्यरले २२, केएल राहुल र क्रुनाल पाण्डेयले १५–१५ रन बनाएका थिए । त्यस्तै वाशिंगटन सुन्दरले अविजित १४ र कप्तान रोहित शर्माले ९ रन बनाएका थिए । बंगलादेशका बलर शैफुल इस्लाम र अमिनुल इस्लामले २–२ विकेट लिए भने अफिफ होसैनले एक विकेट लिएका थिए । यो भारतमाथि टी–२० अन्तर्राष्ट्रय खेलमा बंगलादेशको अहिलेसम्म कै पहिलो जित हो । तीन खेलको सिरिजमा बंगलादेश १(० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल विहिबार हुदै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार