काठमाडौं(एजेन्सी)–जर्मनी क्लब बायर्न म्युनिखले आफ्ना प्रमुख कोच निको कोभाकलाई बर्खास्त गरेको छ । शनिबार बायर्न म्युनिख इनट्रान्च फ्र्यांकफर्टसँग ५(१ को लज्जास्पद हार बेहोरेपछि बायर्नले आफ्ना कोचलाई बर्खास्त गरेको हो । ४८ बर्षिय क्रोसियन कोच कोभाकले २०१८ मा जप हेयनकेसको ठाउमा बायर्नको प्रशिक्षक पद सम्हालेका थिए । बायर्नले तत्कालका लागि सहायक प्रशिक्षक हान्सी फ्लिकले क्लबको प्रशिक्षक पद सम्हाल्ने बताएको छ । क्लबको वेबसाइटमा कोभाकले यो क्लबका लागि सहि निर्णय भएको प्रतिक्रिया दिएका छन् । कोभाकको कार्यकालमा बायर्नले जर्मन लिग, डिएफबि कप र सुपर कप जितेको थियो । जर्मनी लिगमा १० खेलमा १८ अंक हासिल गरेको बायर्न लिगको चौथो स्थानमा झरेको छ ।