आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

नेदरल्याण्ड आईसीसी टी–ट्वान्टी विश्वकपमा छनोट

बुधबार, कार्तिक १३ २०७६

काठमाडौं(एजेन्सी)–नेदरल्याण्ड अष्ट्रेलियामा आगामी वर्ष आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा छनोट भएको छ । युएईमा जारी ग्लोबल छनोटको प्ले अफमा युएईलाई ८ विकेटले पराजित गर्दै नेदरल्याण्डले विश्वकपमा छनोट भएको हो । मंगलबार भएको खेलमा युएईले दिएको ८१ रनको सामान्य लक्ष्य नेदरल्याण्डले १५ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । नेदरल्याण्डका लागि बेन कोपरले अविजित ४१, कोलिनले १८ तथा रायन टेनले ११ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ९ विकेट गुमाएर ८० रन मात्र बनाएको थियो । युएईका लागि अहमेद राजाले २२, वाहिद अहमेदले १९, मोहमद बोताले १६ र सुल्तान अहमेदले ११ रन बनाए । नेदरल्याण्डका लागि ब्राण्डन ग्लोभरले ४ तथा पाउल भान र टिम भान डेरले २–२ विकेट लिए । पराजित युएईको पनि विश्वकपमा छनोट हुने सम्भावना कायम रहेको छ । अब युएईले स्कटल्याण्डसँग इलिमिनेटर प्ले अफ खेल्नेछ । नेदरल्याण्ड विश्वकपको ग्लोबल छनोटबाट विश्वकपमा छनोट हुने तेस्रो टिम हो । यसअघि आयरल्याण्ड र पपुवा न्यु गिनी (पीएनजी) ले विश्वकपमा स्थान बनाईसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार