बेल्जियम(जस)- बिगत डेढ दशकदेखि बेल्जियममा आफ्नै व्यवसायका साथ साथै विभिन्न सामाजिक कार्यहरुमा समेत सक्रियरुपमा सहभागि भई आफ्ना सामाजिक जिम्मेवारीहरु सफतापूर्वक निर्बाह गर्दै आइरहेका एनआरएनए बेल्जियमका युवा संयोजक कासी दनैले बिदेशि भूमिमा रहेर पनि नेपाल र नेपालीलाइै चिनाउने साँस्कृतिक, सामाजिक र खेलकुद जस्ता कार्यहरुका साथै युवाहरुले गर्ने हरेक रचनात्मक काममा आफ्नो सदैव साथ सहयोग र ऐक्यबद्दता रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एनआरएनए बेल्जियमको यूवा संयोजक दबैले हिमालयन सोसाइटी बेल्जियमको आयोजनामा आयोजित हिमालयन कप फूटबल कार्यक्रममा उपस्तिथी जनाउँदै तपाईहरुको न्यानो आतिथ्य र छोटो समयमा धरै साथीहरुको सुझाब लिने मौका पाएको बताउँदै त्यसका लागि आयोजक कमिटिलाई धरै–धरै धन्यबाद ब्यक्त गरेका छन् ।
‘हामी जन्मदैमा सम्पूर्ण रुपमा पूर्ण हुदैनौ तेसैले त हामीले समयको विभिन्न काल खण्डमा संघर्षहरुसँग मुकाबिला गर्दै जिबनलाई पूर्णता प्रदान गर्न लाग्ने गर्दछौ । तेसैले यस एनआरएनएको अभियानमा लाग्दै गर्दा अनेपेक्षित रुपमा हुने गल्ती कमजोरी लाई औलाई दिनुहुन आग्रह गर्दछु । जसले गर्दा आगामी दिनमा मैले उक्त गल्तिबाट पाठ सिक्दै आफ्नो जिम्मेवारी कुसलतापुर्बक निर्वाह गर्न सकौं ।’ दनैले भनेका छन्







