शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

साफ च्याम्पियनसिप बंगलादेशमा

बुधबार, असोज १ २०७६

काठमाडौं(जस)–दक्षिण एसियाको सवैभन्दा ठैलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १३औं संस्करण फेरि बंगलादेशमा हुने भएको छ । यसअघि पाकिस्तानमा गरिने तय भएको च्याम्पियनसिप बंगलादेशमै आयोजना गरिन लागिएको हो । मलेसियामा सम्पन्न साफ कार्यसमितिको बैठकले साफ सन् २०२० को सेप्टेम्बरमा आयोजना गर्ने निर्णय गरेको हो । बंगलादेशमै भएको साफको अघिल्लो संस्करण भारतलाई हराउँदै माल्दिभ्सले जितेको थियो । साफ बैठकमा नेपालबाट साफका उपाध्यक्ष मणि कुँवर र अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलेभगाग लिएका थिए । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिप फुटबल जित्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार