शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

पोखरामा चलचित्र ‘गुञ्जन’ को छायाँकन हुँदैं

मंगलबार, भाद्र ३१ २०७६

काठमाडौं(जस)–अभिनेत्री सारा सिर्पालीको मुख्य भूमिका रहेको फिल्म ‘गुञ्जन’ यतिबेला पोखराको आसपासका स्थानमा छायाँकन भइरहेको छ । केही समयको अन्तरालपछि साराले नयाँ फिल्म अभिनय थालेकी हुन् । निखिल उप्रेती अभिनित फिल्म ‘रुद्र’ बाट अभिनयमा डेब्यु गरेकी सारालाई डेब्यु समय निकै सम्भावना बोकेका अभिनेत्रीको रुपमा पनि हेरियो । ‘रुद्र पछि उनले अभिनय गरेको फिल्म ‘सुश्री सम्पति’ले पनि खासै दर्शक पाउन सकेन । त्यसपछि राम्रो फिल्ममात्र अभिनय गर्ने भन्दै आएका अफर छोड्दै गइन् । ‘गुञ्जन’ को भने बिषयबस्तु मन परेकोले अभिनय गर्न थालेको बताइन् । ‘गुञ्जनले मेरो अपेक्षा पुरा गर्ने छ’ उनले भनिन् । हुन त केही दिनयता देशभरी नै बर्षा भइरहेको छ । पानीका कारण केही फिल्मको सुटिङ रोकिएका छन् । तर ‘गुञ्जन’को छायाँकनमा भने पानीले केही असर गरेको छैन ।

इन्टोडर सुटिङ सेडुल भएको कारण मौसमले छायाँकनलाई अवरोध नगरेको निर्देशक अष्ट महर्जनले बताए । बिगत दुई दशकदेखि फिल्मको द्धन्द निर्देशन विधामा काम गर्दै आएका अष्टले यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । फिल्मको अहिले ३५ प्रतिसत छायाँकन सकिएको छ । करिब ९० प्रतिशत फिल्म पोखरामै खिच्ने अष्टको छ । बाँकी रहेको १० प्रतिशत काठमाडौमा खिच्ने उनले योजना सुनाए । फिल्म प्रेमकथामा बन्न लागेको हो । यो फिल्मले बिगतका फिल्मबाट आफुमा लागेको असफलताको ट्याग मेट्ने साराले बताइन् । फिल्ममा उनको जोडी प्रितमराज सेन्चुरी बन्दैछन् । प्रितमराज यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् । प्रितमराज र साराको अलावा फिल्ममा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, अमोद, आइपी आचार्य, अमेश न्यौपानेलगायतका कलाकारको पनि अभिनय रहनेछ । हिराकृष्ण शाहीको प्रस्तुति र सुनीता शाही निर्माता रहेको फिल्म ए. एच इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार