रुपन्देहीमा गोली चल्यो, ४० वर्षीय महेन्द्रको मृत्यु

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिका – ३ मा गोली चलेको छ। आइतबार दिउँसो अज्ञात व्यक्तिको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओमसटिया ४ का ४० वर्षीय महेन्द्र कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हृदय थापाले जानकारी दिए ।

गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । तर, स्थानीयले भने कुर्मी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाइकमा आएको डाकाको समूहले गोली हानेर लुटेकाे दाबी गरेका छन् ।