सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

एनआरएनए अध्यक्षका उमेदवार कुल आचार्यलाई जापानमा स्वागत

शुक्रबार, भाद्र २० २०७६

काठमाडौं, २० भदौ । गैर आवासीय नेपाली संघ (एन आर एन ए) अध्यक्षका उमेदवार कुल आचार्यलाई जापानमा स्वागत गरिएको छ । जापानको टोकियोमा बिहिबार जनसम्पर्क समिति जापानका निबर्तमान अध्यक्ष डि पि कडेंल, बर्तमान अध्यक्ष रोशन के सी, उपाध्यक्ष राजेन्द्र जम्मरकट्टेल लगायत अन्य जनसम्पर्क समितिमा आबद्व ब्यक्तिहरुले नारिता एयरर्पाेटमा स्वागत गर्नु भएको थियो ।

त्यसैगरी एन आर एन ए जापानका बर्तमान अध्यक्ष टासी वान्दी लामा, उपाध्यक्ष शिब पौडेल लगायत एन आर एन जापानका पदाधिकारीहरुले समेत नारीता एयरर्पोटमा स्वागत गर्नु भएको थियो साथै एन आर एन ए आई सि सि कोषाध्यक्षका प्रत्याशी महेश कुमार श्रेष्ठले समेत स्वागत तथा छलफल गर्नुभएको थियो ।

उमेदवार कुल आचार्य युरोपियन देश, क्यानडा, मध्य पूर्व हुदै अहिले एसिया प्रशान्त क्षेत्रको भ्रमणका क्रममा हुनुहुन्छ । जापान आउनु भए लगतै उहा भेटघाटमा ब्यस्त हुनु भएको छ । आज नै पर्बत समाज जापानले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी हुनु भयो । आज हुने एन आर एन ए जापानको अधिवेशनका लागि उहा जापान आउनु भएको हो । समय भए सम्म जापानमा सबैसंग भेटघाट गर्ने कार्यक्रम रहेको बताउनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार