सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

गोविन्द प्रसाद गौतमद्धारा एनआरएनए सहकोषाध्यक्षमा उम्मेदवारी घोषणा

बिहिबार, भाद्र १९ २०७६

काठमाडौं(जस)–गैरआवासीय नेपाली संघको केन्द्रीय सहकोषाध्यक्षमा रसियाबाट गोविन्द्र प्रसाद गौतमले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

गैरआवासीय नेपाली संघ युरोपका सहसंयोजक समेत रहेका गौतमले अन्तराष्ट्रिय भाषा–साहित्य सम्मेलनमा भाग लिन अमेरिका पुगेका बेला केन्द्रीय सहकोषाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

गैरआवासीय नेपाली संघ भाषा साहित्य उपसमितिका संयोजक समेत रहेका गौतमले गैरआवासीय नेपाली संघ म्यासाचुटेस शाखा (बोस्टन) ले शनिबार नमस्ते रेस्टुरेन्टमा आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रमका बीच आफ्नो उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

गैरआवासीयहरुको आफ्नै संस्था र यो संस्थामा निरन्तर समर्पित भएर लागि परे जस्ता सुकै चुनौतीको सामना गरि अगाडि बढ्न सकिन्छ भन्ने बिश्वास राखेको बताएका गौतमले आगामी कार्य योजनाहरु छिट्टै सार्वजनिक गर्ने बताउँदै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

‘सदा झै यहाहरुको सहयोग, समर्थन र सुझावको अपेक्षा राख्दै गैरआवासीय नेपाली संघ भन्ने संस्था आम गैरआवासीयहरुको आफ्नै संस्था र यो संस्थामा निरन्तर समर्पित ।’ गौतमले भनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार