सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

एनआरएन युवा संयोजक पदमा शाहको उम्मेदवारी

सोमबार, भाद्र १६ २०७६

गैर आवासीय नेपाली संघ (एनआरएन) को महाधिवेशनमा स्वतन्त्र प्रताप शाहले युवा संयोजक पदमा उम्मेदारी घोषणा गरेका छन् । अष्ट्रेलिया र नेपालमा व्यवसाय गरिरहेका शाहले अक्टोबरमा काठमाडौंमा हुन लागेको महाधिवेशनमा युवा संयोजक पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

सुदूरपश्चिमको अछामबाट २० वर्षकै उमेरमा अष्ट्रेलिया पुगेका शाह त्यही व्यवसाय गर्दै आएका छन । देश विदेशमा रहेका युवा उद्यमीबीच सहकार्य र समन्वय गरेर नेपालको विकास र समृद्धिको यात्रालाई अघि बढाउने, विदेशमा पुगे खेलाडीलाई समेटेर नेपालमै एनआरएन स्पोर्टस एकेडेमीको स्थापना गर्ने, नेपाल भ्रमण वर्षलाई सफल बनाउन एक एनआरएन एक विदेशी साथी नेपालको भ्रमणमा पठाउने र युवा स्वरोजगारमुलक तालिम र कार्यक्रम सञ्चालन गर्ने शाहका चुनावी एजेण्डा छन ।

उनले नेपालबाट हरेक वर्ष हजारौँ विद्यार्थी पुग्ने अष्ट्रेलियामा नेपाली खानाको प्रचारप्रसार गर्ने उदेश्यले अष्ट्रेलियामा नेपाली शैलीको रेष्टुरेण्ट खोलेका छन । शाहले एनआरएन अष्ट्रेलिया शाखाको तीनचोटी उपाध्यक्ष पद सम्हालेका थिए भने गत वर्ष काठमाडौंमा सम्पन्न आठौं सम्मेलनमा पनि शाह थोरै मतले मात्र युवा संयोजकमा पराजित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार