ओमान, देश तथा विदेशमा नेपाली चेलीबेटीहरूको महान चाड तिजको लहर चलिरहेको अवसरमा देश(विदेशमा रहेका नेपालीहरुले तिज विशेष कार्यक्रमहरु गरीरहेका छन । यसै शिलशिलामा, एनआरएनए महिला समूह ओमानले गत शुक्रबार (३० अगष्टका दिन) मस्कटको अल मासा हलमा भब्यरुपमा तिजविशेष कार्यक्रम आयोजना गरेको थियो ।
तर दुःखद कुरा के भने- कार्यक्रमको अन्ततिर दुई समूह बिच ग्याङ फाइट हुँदा कार्यक्रम नै बिथोलिएको थियो । सो झगडालाई साम्य बनाइ पुन कार्यक्रम संचालन गर्नासाथ पुन झगडा भै कार्यक्रम नै खल्लो भएको थियो । नेपाली महिला समुहले गरेको तिज कार्यक्रममा नेपाली दाजुभाइ नै आएर झै झगडा र भाडभैलो गरेका हुन । उक्त कार्यक्रमको प्रमुख अतिथि महामहिम राजदूत शर्मिला पराजुली ढकाल थिए भने अतिथिका रुपमा ओमानमा रहेका सबै संघ संस्थाका प्रतिनिधिहरु थिए ।
सो कार्यक्रमलाई तारगेट गरी शक्ति अधिकारीको फेसबुक स्टाटसमा एनआरएनए सोसल क्लबका सह कोषाध्यक्ष रामहरी गिरीले नेपाली महिलाहरुप्रति अमर्यादित शब्द सहित कमेन्ट गरेको हुनाले अहिले सार्बजनिक रुपमा बिरोध तथा बहस हुन थालेको छ । रामहरि गिरीको कमेन्टमा तिज मनाउन आउने महिलाहरुलाइ- हप्ताको छ दिन पाकिस्तानीले दलाउने, जुठा भाडा माझ्ने अनि बचेको एक दिन असनमा छाडेको साढे जस्तो हुन मन लाग्ने भनेर भनिएको छ । मर्यादित संस्थामा रहेर यस्ता अमर्यादित शब्दहरू ओकल्ने मानिसहरूले गर्दा संस्थालाइ भविष्यमा के कति हानि नोक्सानि पुर्याउने हो भन्ने बारे बेलैमा सचेत रहनुपर्ने देखिएको छ ।
उल्लेखित समाचार सम्बन्धमा एनआरएनए सोसल क्लबका सहकोषाध्यक्ष रामहरि गिरीले खण्डन पठाउनुभएको र उहाँले पठाएको खण्डन जस्ताको तस्तै प्रकाशित गरिएको छ । –सम्पादक
# खण्डन
उपरोक्त सम्बन्धमा तपाईंको जनसवाल अनलाइनमा प्रकाशित भएको शीर्षक “एनआरएनए सोसल क्लबका सहकोषाध्यक्ष गिरीद्धारा महिलामाथि दुव्र्यवहार कारवाहीको माग” को शिर्षकमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । तपाईंले उलल्लेख गर्नुभएको शक्ति अधिकारीको पोष्ट कार्यक्रमको अघिल्लो दिनको हो र त्यो पोष्ट नितान्त रुपमा केही ओमनका संस्थाका नेताहरुको लागि थियो । मेरो कमेन्ट पनि उनै नेताहरु जो खादाको लागि तछाड मछाड गर्नेहरुकै लागि थियो । मैले सो सम्बन्धी स्पष्टिकरण मेरो संगठनको अध्यक्षलाई पहिले नै बुझाई सकेको पनि थिएँ ।
तपाईको पत्रिका जनसवाल र केही व्यक्तिको नियोजित योजनामा मेरो चरित्र हत्या गर्न खोजिएको हुनाले यस्तो प्रकारको समाचार कहाँबाट कसरी प्राप्त भए सो समाचारको खण्डन गरी मेरो चरित्र हत्या भएको क्षतिपूर्ति भराई दिन अनुरोध गर्दछु ।
रामहरि गिरी
सहकोषाध्यक्ष, एनआरएनए सोसियल क्लब, ओमन