मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

सप्तरीको तिरहुत गाउँपालिकामा ६ करोडभन्दा बढी अनियमितता

सोमबार, भाद्र १६ २०७६

आलोक यादव भदौ, सप्तरी – सप्तरीको तिरहुत गाउँपालिकामा ६ करोडभन्दा बढी रकम अनियमित खर्च गरेको पाइएको छ ।गाउँपालिकाको आर्थिक वर्ष ०७४–०७५ को महालेखा परीक्षक कार्यालयको लेखा परीक्षण प्रतिवेदनमा ६ करोड ७१ लाख ९८ हजार १३ रुपैयाँ अनुशासन विपरित खर्च गरेको देखाइएको हो ।आन्तरिक श्रोत वृद्धि गरी नगर कार्यापालिकाको खर्च गर्नु पर्ने सो नगरी अनुदानबाट खर्च गरी पारिश्रमिक तथा वैठक भत्ता खर्च भएको, गाउँसभाले विनियोजन गरेको विकास निर्माणको बजेट माटो तथा ग्राभेलमा अधिकांश खर्च गरेको, आन्तरिक आयको शीर्षक शीर्षक गत हुनुपर्नेमा एकमुष्ठ आम्दानी गरी बैंक दाखिला गरेको अनियमित खर्च गरेको देखिएको छ ।

यसैगरी आन्तरिक राजस्व कार्यालयलाई भुक्तानी भएका भुक्तानी विवरण पठाउनुपर्नेमा सो विवरण पठाएको छैन भने उपभोक्ता समितिले काम गर्दा पेश गरेको डोर हाजिर फारममा सम्वन्धित कामदारले रकम बुझेको भर्पाई बेगर भुक्तानी गरेको प्रतिवेदनमा देखिएको छ । गाउँपालिकामा सम्पन्न भनिएको अधिकांश निर्माण कार्यको कार्य सम्पन्न प्रतिवेदन बेगरनै भुक्तानी गरिएको समेत प्रतिवेदनमा उल्लेख छ ।यसैगरी अनेकौ निर्माण कार्यमा रकम भुक्तानी दिँदा प्राविधिक मुल्याङ्कनमा कार्यालय प्रमुखको दस्तखत बेगर भुक्तानी दिएकोले सो कागजातमा गरी नियमित गनुपर्र्ने प्रतिवेदनमा जनाईएको छ । लेखा परीक्षणको प्रतिवेदन अनुसार ८ लाख १३ हजार ७५ रुपैयाँ असुल गर्नुपर्ने, ३८ लाख ६७ हजार ९ सय ४१ रुपैयाँ नियमित गर्नुपर्ने, २ करोड ७४ लाख ४१ हजार २ सय ६० रुपैयाँको कागजात पेश गर्नुपर्ने र ३ करोड ५० लाख ७५ हजार ७ सय ३७र रुपैयाँ पेश्की फछ्यौट गर्नुपर्ने सुझाव समेत दिइएको छ ।
आरआरएनको निर्माण कार्य गुणस्तरहीन
यसैबिच संघसंस्था परिचालन कार्याविधि २०६१ अनुसार प्रत्येक गैर सरकारी संस्थाले आफ्नो कार्यालयको होडिङ्ग बोर्ड र स्विकृत परियोजनाको उद्देश्य, बजेट, कार्य क्षेत्र, लाभग्राही समेत खुलाई सेवा वडापत्र खुल्ला र सर्वसाधारणको पहुँचमा राख्नुपर्दछ । तर, नेपालरवेलायत सरकारको संयुक्त लगानीमा सप्तरीमा सञ्चालित समूदाय विकास कार्यक्रम सञ्चालन गरिरहेका नेपाल ग्रामिण पुर्न्निर्माण संस्था ९आरआरएन० नामक गैर सरकारी संस्थाले गोप्य ढंगले कार्यालय सञ्चालन गरिहेको पाइएको छ ।संस्थाबाट सञ्चालित कतिपय योजनाहरु विवादीत बन्न थालेपछि कार्यालयनै गोप्य ढंगले सञ्चालन भईरहेको कुरा बाहिरिएको हो । आरआरएनले तिरहुत गाउँपालिका–३ गोइठीमा भवानी राधा आधारभुत विद्यालयको भवन निमार्ण कार्यको प्रक्रिया थाले ।स्थानीयहरुबीच विवादमै उपभोक्ता समिति गठन भए । र, ०७६ जेष्ठ १९ गते उपभोक्ता समितीसँग सम्झौता भएर निर्माण कार्य थालियो । समूदाय विकास कार्यक्रम तथा संस्था अन्तर्गतको २८ लाख ४६ हजार ६ सय ५ रुपैयाँ ६६ पैसा तथा गाउँपालिकाको ९ लाख ७१ हजार ९ सय ८२ रुपैयाँ गरी कुल ३१ लाख १८ हजार ८ सय १ रुपैयाँ ६६ पैसाको बजेटमा विद्यालयको भवन निर्माण कार्यमा अझै विवाद कायमै छ ।

कार्यक्रम अन्तर्गत सोही गाउँपालिका–१ त्रिकोल स्थित वडा कार्यालयको भवन निर्माणाधिन छ । ०७६ वैशाख २४ गते सम्झौता भएर निर्माण कार्य थालिएको भवनमा गुणस्तरहित सामाग्री प्रयोग भईरहेको भन्दै स्थानीयहरुले विरोध जनाइएका छन् । ‘इट्टा र वालुवा गुणस्तरहिन प्रयोग भईरहेको छ’ सोही ठाउँका प्रमोद यादव भने–‘वडा कार्यालयलाई गुनासो गरे, भवन निर्माणको विषयमा कुनै जानकारी नरहेको प्रक्रिया पाएछि अब कसलाई गुनासो गर्नेबारे म अनभिज्ञ छु ।’
वडाध्यक्ष शिवनारायण महतोले पनि भवन निर्माणको विषयमा आफुलाई जानकारी नरहेको स्वीकार्य गरे । के कस्तो निर्माण भईरहेको छ त्यसबारे जानकारी भएन, उनले थपे । यी दुई वटा परियोजना प्रतिनिधिमुलक मात्रै हो । आरआरएनले हाल तिरहुत गाउँपालिकामै जम्मा ८ वटा र विष्णुपुर गाउँपालिकामा एउटा परियोजनामा कार्य गरिरहेको छ ।तिरहुत गाउँपालिका–१ मै पाँच वटा परियोजनामा कार्य भईरहेको छ । राष्ट्रिय जनकल्याण विद्यालयको भवन निर्माण, पलार स्थित आरसीसी कल्र्भट निर्माण, त्रिकोल स्थित ८ वटा ट्युवेल जडान र लोहजारा स्थित १२ वटा ट्युवेल जडान कार्य भईरहेको छ भने वडा नम्वर २ स्थित मैनाकडेरीमा हम्प पाइप कर्भट निर्माण, वडा नम्वर( ५ स्थित मुसहरी टोलमा आरसीसी कल्र्भट तथा विष्णुपुर गाउँपालिका–७ स्थित जनता आधारभुत विद्यालयको भवन निर्माण कार्य भईरहेको छ ।

परियोजना अन्तर्गत समूदाय विकास कार्यक्रम र संस्था तथा गाउँपालिकाको गरी १ करोड ९० लाख ९१ हजार ३ सय ४५ रुपैयाँ ४५ पैसाको कुल बजेटमा कार्य भईरहेको छ भने आरआरएनले झण्डै १० वर्षदेखि सप्तरीमा कार्य गर्दै आएको छ । तर कार्यालयमा भने अझैसम्म होडिङ्ग बोर्ड नै राखेको छैन् । ‘परियोजनास्थलमा संक्षिप्त विवरण झुल्किने गरी होडिङ्ग वोर्ड नपाएपछि उपभोक्तामध्येकै एक व्यक्तिसँग सोध्दा कार्यालयको नाम थाहा पाए’ सोहि ठाउँका मो।अनवरले भने–‘राजविराज आएर ११ देखि २ बजेसम्म कार्यालय खोज्दा पनि भेटिएन ।’उनले भने–‘व्यक्ति विकासमा लागेको आरआरएन नामक संस्था भेट्नु भो भने निर्माणाधिन परियोजनाको अनुगमन गर्न ध्यानाकर्षण गराईदिनुहुन अनुरोध छ ।’ संस्थाका कलष्टर संयोजक दिनेश अर्यालले अर्को स्थानबाट कार्यालय सरेर यहाँ आएकोले हालसम्म होडिङ्ग बोर्ड लगाउन समय नपाएको बताए । गत मे महिनामा मात्रै कार्यालय सरेर नयाँ ठाउँमा आएका हौ ।

प्रतिक्रिया
सम्बन्धित समाचार