आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

मिस्टर वल्र्ड प्रतियोगी अक्षयलाई मन्त्री भट्टराईद्धारा बिदाई

सोमबार, साउन २० २०७६

काठमाडौं (जस)– संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले नेपालको प्रतिनिधित्व गर्दै ‘मिष्टर वल्र्ड २०१९’ मा सहभागी हुन लागेका अक्षय रायमाझीलाई बधाई तथा शुभकामना दिएका छन् । आइतबार मन्त्रालयमा भेट गर्दै मन्त्री भट्टराइले ‘मिस्टर वल्र्ड’ नेपाल चिनाउने एउटा महत्वपूर्ण प्लेटर्फम भएको बताए । उनले उक्त मन्चबाट भिजिट नेपाल सन् २०२० को सन्देश समेत प्रवाह गर्दै नेपालक भ्रमणको निम्तो समेत दिन अक्षयलाई आग्रह गरे ।
‘नेपालका सबै युवाहरुको प्रतिनिधित्व गरेर तपाई ‘मिस्टर वल्र्ड’ मा जाँदै हुनुहन्छ’ मन्त्री भट्टराइले भने ‘फर्केर आएपछि तपाइलाई अभिनन्दन समेत गरौला । महत्वपूर्ण कार्यक्रममा जाँदै हुन्छ । भिजिट नेपाल सन् २०२० का लागि सबैलाई निम्तो गर्नुहोला । रायमाझीले मिस्टर नेपाल आयोजक एक्सपोज नेपालकी सिइयो अर्चना थापालगायत एक टोलीका साथमा मन्त्री भट्टराइलाई भेटमा मन्त्रालय पुगेका थिए ।
भेटमा अक्षयले मन्त्री भट्टराईलाई आफुले नेपालबाट लैजान लागेको भोषभुषा, कलासंस्कृतिको साथमा तयारीको समेत जानकारी गराएको एक्सपोज नेपालकी सिइओ अर्चना थापाले जानकारी दिइन् । विश्वका एकसयभन्दा बढी राष्ट्रका युवाहरुको सहभागिता रहने प्रतियोगितामा शीर्ष उपाधि नेपाल भित्र्याउनु आफ्नो प्रमुख लक्ष्य हुने अक्षयले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार