काठमाडौं– परिक्षेद सेनको निर्देशनमा फिल्म ‘म’ बन्ने भएको छ । ‘म’ लाई लामो समयदेखि फिल्म अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको हो । सोमबार राजधानीमा एक कार्यक्रमका बीच फिल्म निर्माण घोषणा भएको छ । घोषणा कार्यक्रममा फिल्मका कलाकार तथा विभिन्न बिषयबारे जानकारी दिइयो ।
भदौ पहिलो साताबाट छायाँकनमा जाने बताइएको फिल्मको कथा कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले तयार पारेका हुन् । विजय लामा, सरिता लामिछाने, रेवती क्षेत्री, कुशुम गुरुङ, रेविका गरुङ, अनिल कँडेल, संजोग रसाइली, भूमिकामा पवन भट्टराई, श्यामसुन्दर घिताल, उत्तम राई, गौरव मल्लको लगायतको अभिनय रहने फिल्ममा उनभ श्रेष्ठ र सम्पन्न ढकाल बालकलाकारको रुपमा रहेका छन् ।
‘म’ मा जितेन लेप्चाको गीत रचना रहनेछ । फिल्ममा कवितामाथि पनि संगीत भरिने कार्यक्रममा जानकारी दिइयो । बरिष्ठ सञ्चारकर्मी तथा निर्देशक भुषण दाहालले कवितामा आफ्नो आवाज भर्नेछन् भने संगीत किरण भुषालले दिनेछन् । लेखक समेत रहेका निर्माता प्रकाश पुरीले विद्यार्थीलाई हौसला प्रदान गर्न एकेडेमीले फिल्म निर्माण गर्न लागेको बताए । अभिनेत्रीद्वय कुशुम र रेविकाले आफुले पढेको एकेडेमीकोे फिल्ममा अभिनय गर्न पाउँदा खुसी लागेको बताए ।