आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एनआरएनए एनसीसी कतारको कोषाध्यक्षमा लमजुङका बिनोदको उमेदवारी

सोमबार, साउन २० २०७६

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको कोषाध्यक्षमा लमजुङका बिनोद प्रसाद बसौलाले उमेदवारी दिनु भएको छ ।
सन् २०१९ अगस्ट २३ मा सम्पन्न हुने (२०१९–२१) कार्यकालको निर्वाचनका लागि बसौलाले कोषाध्यक्ष पदमा उमेदवारी दिन सक्षम भएकाले उमेदवारी दिएको बताउनु भएको छ । बसौलाले यसअघि सन् (२०१७–१९) मा संघको कतारको सचिवालय सदस्य साथै आर्थिक समितिमा रहेर जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । सो समयमा हाँसिल गरेको ज्ञान, अनुभवका साथै विगत केही वर्षदेखी जिल्ला संस्था लगायतका संघ संस्थाहरुमा आबद्ध भएर कार्य गर्ने क्रममा प्राप्त गरेको संस्थागत सीप र सामाजिक भावना बटुलेकाले कोषाध्यक्षको पदमा उमेदवारी दिन लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘मेरो उर्जालाई अझ बढी प्रभावकारी रुपमा समाजको हितमा यसै साझा संस्था मार्फत समर्पित गर्ने सोचका साथ अघि बढेको छु । मेरो शैक्षिक र पेशागत पृष्ठभुमीले पनि मलाई सहयोग गर्ने भएकोले पनि त्यो जिम्मेवारीे सफलताका साथ निर्वाह गर्न आत्माविश्वास बढेको छ ।’

आफुले कोषाध्यक्ष पद हासिल गर्न सकेमा कतारमा रहेका श्रमिकहरुको भलाईमा काम गर्न संस्थालाई आर्थिक रुपमा सवल बनाउने, सहभागिता मुलक आर्थिक योगदानको निति अबलम्बन गरेर एनसीसीको कोष र श्रमिक कल्याणकारी कोषलाई दरिलो बनाउन अधिकतम प्रयास गर्ने, हरेक सामाजिक संस्थामा कोष बृद्धि जत्तिकै महत्वपुण कार्य कोषको पारदर्शिता र मितव्ययी परिचालन पनि हो त्यसैले त्यसमा मेरो ध्यान सधै केन्द्रित रहने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले संस्थाको एक पदाधिकारीको भूमिकामा रहदै गर्दा आर्थिक बाहेकका सवाललाई समेत उत्तिकै महत्व दिदै सम्पूर्ण अग्रज अभियन्ताहरुको सुझाव सल्लाह, सहयात्री मित्रहरुको साथ सहकार्य, संघ संस्थाहरुसँग समन्वय गरेर संस्था र समाजको समग्र हितमा कार्य गरिरहने, संस्थाका निति तथा कार्यक्रमहरु, संस्थाले तय गरेका कार्ययोजनाहरुलाई कार्यन्वयन गर्दै संस्थाको गरिमालाई उच्च राख्न सदैव क्रियाशिल रहने प्रतिवद्धता गर्नुभएको छ ।

बसौलाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नाकोत्तर गर्नुभएको छ । उहाँले कतारमा विगत ५ वर्ष देखी लेखा, वित्त तथा प्रशासनिक अधिकृतको रुपमा काम गर्नुभएको छ । नेपालमा समेत बैंक तथा वित्तिय संस्थामा विभिन्न जिम्मेवार पदमा रही कार्य गरिसक्नुभएको छ ।
बसौला लमजुङ सेवा समाज कतारको (२०१५–१८) कोषाध्यक्ष, २०१९ देखि उपाध्यक्ष, एनआरएनए एनसीसी कतारको (२०१७–१९) सचिवालय सदस्य र आर्थिक समिति सदस्यको जिम्मेवारी बहन गरिसक्नुभएको छ । कतारका सम्पूर्ण पंजीकृत सदस्यहरु, अभियानका अग्रज अभियन्ता तथा कतारमा कार्यरत सम्पूर्ण गैरआवासीय नेपाली दाजु भाई तथा दिदि बहिनि हरुलाई साथ र सहयोगको लागि अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार