काठमाडौं, १६ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसिसि सल्लाहाकार तथा पूर्व कार्यसमिति सदस्य होमनाथ शर्माले आगामी कार्यकाल (सन् २०१९–२०२१) का लागि आइसिसी सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । शर्माले एक विज्ञप्तिमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै सबैको सहयोगका लागि अनुरोध गरेका छन । शर्मााले एक विज्ञप्ति जारी गर्दै एनआरएनएको अभियानले प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा यस अभियानलाई थप सशक्त बनाउदै लैजाने प्रतिबद्धता तथा बर्तमान एनआरएनमासमेत आमूल परिवर्तनको खाँचो महसुस गरेको उल्लेख गरेका छन् ।
‘खासगरि मध्यपुर्व क्षेत्रमा रहेका आम नेपालीको साझा मुद्दा सुरक्षित आप्रवासन र मर्यादित वैदेशिक रोजगारी हो । यसमा हाल सम्म अपेक्षाकृत उपलब्धि प्राप्त हुन नसकेको अबस्थामा मेरो प्रमुख मुद्दा पनि यहि रहनेछ । साथै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले तय गर्ने कार्यक्रमलाई सफल बनाउनको लागि आवाश्यक साथ सहयोग सदैव रहनेछ । आइसिसि र एनसिसि बिच समन्वयको लागि मेरो विशेष भुमिका निर्वाह गर्नेछु’, शर्माले जारी गरेको विज्ञप्तिमा छ ।
विज्ञप्ति:
“NRNA-ICC सदस्य” पदका लागि कतारबाट मेरो उम्मेदवारी !!!
आदरणिय पंञ्जिकृत सदस्य ज्युहरु,
बुद्धिजिवी, बिभिन्न संघ–संस्थामा आबद्ध सामाजिक अभियानता, समाजसेवी कतारमा कार्यरत आम मज़दूर एबम श्रमिक साथीहरू, विभिन्न पेशामा रहनु भयका मित्रहरू साथै पत्रकार ज्यूहरू
सबैमा सादर नमस्कार ।
गैरआवासीय नेपाली संघ भनेको सार्क मुलुक बाहेकका मुलुकमा रहेका नेपाली नागरिक तथा नेपाली मुलका बिदेशी नागरीक अटाउन सक्ने गैरआवासीय नेपालीहरूको अन्तर्राष्ट्रिय संजाल हो ।
सर्वप्रथम म बैदेसिक रोज़गारीको शिलसिलामा सन १९९७ देखि यस कतारमा कार्यरत छु । यस अवस्थामा मलाई सामाजिक संघसंगठनमा लाग्न लागि निरन्तर साथ सहयोग र हौसला प्रदान गर्नुहुने सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दछु ।
मेरो झंडै २२ वर्षको कतार बसाईको अबसरमा मैले बिभिन्न सामाजिक कार्यमा संस्थागत रुपमा काम गर्ने क्रममा बागलुङ सेवा समाज कतारको संस्थापक हुँदै दुई कार्यकाल अध्यक्ष, प्रमुख सल्लाहकार हुदै अहिले संरक्षक,
नेपाली जनप्रगतिशिल मञ्च कतारको संस्थापक हुँदै दुई कार्यकाल अध्यक्ष र हाल प्रमुख सल्लाहकार,
अन्तर्राष्ट्रिय बागलुङ सेवा समाजको अध्यक्ष र
गण्डकी प्रदेश समन्वय परिषद कतारको सल्लाहकार रहेर काम गरिरहेको छु । भने
NRN तर्फ गैरआवासीय नेपाली संघमा संघको कतारमा स्थापना हुदै गर्दा
प्रथम परिषदको निर्वाचित खुल्ला प्रतिनिधि,
गैरआवासीय नेपाली संघ,
राष्ट्रिय समन्वय परिषद कतारको २००७-२००९ कार्यकालको कार्यसमिति सदस्य तथा संघसंस्था समन्वय समितिको सदस्य,
२०११-१३ तथा हालको २०१७-२०१९ कार्यकालमा सल्लाहकार रहेर निरन्तर यो अभियानमा लागि रहेको छु ।
मध्यपुर्वमा रहेर विभिन्न सामाजिक संघसंस्थाको नेतृत्व गर्दै निरन्तर मजदुरको हकहितको पक्षमा आवाज उठाउदै निरन्तर सामाजिक अभियानमा लागि रहेको यहाँहरुमा सर्वाविधित नै छ ।
मैले आर्जन गरेका अनुभवलाई समेटदै तपाईंहरुको साथ र सहयोगको अपेक्षा सहित २०१९–२०२१ को कार्यकालको लागी आइसीसी सदस्य पदमा उम्मेदवारी घोषणा गरेको सबैमा जानकारी गराउदछु । एन आर एनए को अभियानले प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा यस अभियानलाई थप सशक्त बनाउदै लैजाने मेरो प्रतिबद्धता रहन्छ । साथै बर्तमान एन आर एनमा समेत आमूल परिवर्तनको खाचो महसुस गरेको छु ।
खास गरि मध्यपुर्व क्षेत्रमा रहेका आम नेपालीको साझा मुद्दा सुरक्षित आप्रवासन र मर्यादित वैदेशिक रोजगारी हो । यसमा हाल सम्म अपेक्षाकृत उपलब्धि प्राप्त हुन नसकेको अबस्थामा मेरो प्रमुख मुद्दा पनि यहि रहनेछ । साथै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले तय गर्ने कार्यक्रमलाई सफल बनाउनको लागि आवाश्यक साथ सहयोग सदैव रहनेछ । आइसिसि र एनसिसि बिच समन्वयको लागि मेरो विशेष भुमिका निर्वाह गर्नेछु ।
कतारबासी सम्पुर्ण नेपालीमा आगामी निर्वाचनमा मलाई आइसीसी सदस्यमा निर्वाचित गराउनु हुनेछ भन्ने पुर्ण विश्वास सहित पुनः विनम्र अनुरोध गर्दछु । यहाँहरूको अमूल्य सल्लाह र सुझाव पश्चात म आफ़नो २ बर्षे कार्यकालको लागि केहि महत्वपूर्ण प्रतिबद्दता सहित आऊने छु ।
धन्यवाद !!!
होमनाथ शर्मा
उमेदवार
आइसीसी सदस्य (NRNA-Qatar)
कार्यकाल ( २०१९– २०२१)