आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

युरोपेली भेला लगानी र पर्यटन प्रर्वद्धनमा केन्द्रित हुनेछ

शनिबार, साउन १८ २०७६

शिवकुमार बरुवाल
गैर आवासीय नेपाली संघ(एनारएनए)
युरोप संयोजक

शिवकुमार बरुवाल, गैर आवासीय नेपाली संघ(एनारएनए)कोे युरोप संयोजक हुन् । नेपालको म्याग्दी जिल्लाका बरुवाल विगत १९ वर्षदेखि बेल्जियममा बस्दै आइरहेका छन् । बरुवालले एनआरएनए बेल्जियमको सन २००५मा स्थापनाकालको संस्थापक सचिवालय सदस्य, महासचिव, आइसीसी सदस्य हुँदै युरोप संयोजकको रूपमाकोम गरिरहेका छन् । एनआरएनए अभियानमा निरन्तर सक्रिय बरुवाल नेपाल टुरिजम बोर्डको बेल्जियमका टुरिजम प्रतिनिधि पनि हुन् । यही शनिबारदेखि इटालीमा गइरहेको बाह्रौ यूरोपेली क्षेत्रीय भेलाको सन्दर्भ तथा समग्र एनआरएनए अभियानबारे बरुवालसँग जनसवाल दैनिकले गरेको कुराकानीको सारसंक्षेप ः
अहिले एनआरएनए अभियान कसरी अगाडि बढिरहेको छ छोटकरीमा बताईदिनोस न ? यहाँ उक्त अभियानप्रति सन्तुष्ट हुनुहुन्छ ?
एनआरएन अभियानकोे महत्त्वपूर्ण पक्ष भनेको डायस्पोरामा छरिएर रहेका नेपालीहरुलाइ एकीकृत गर्ने थियो त्यसमा हामी सफल भएका छौ । अर्को एनआरएन अभियानकोे महत्वपूर्ण पक्ष समृद्ध नेपाल निर्माणकोे अभियानमा हातेमालो गर्ने हो । त्यसको लागि हामी निरन्तर लागि रहेका छौ ।

यहाँ एनआरएनएका विभिन्न पदमा रहँदै हाल युरोप संयोजकको जिम्मेवारीमा हुनुहुन्छ । आफ्नो कार्यकालमा यहाँले के कस्ता कामहरु गर्नुभयो ?
म युरोप सयोजकको जिम्मेवारी सम्हालिसकेपछि हाम्रो कार्यसमितिले गरेका सबै निर्णयहरुलाई मेरा कार्य क्षेत्रमा कार्यान्वयन गराउने काम भएको छ । युरोपको २८ वटा एनसिसिहरुलाइ अझ सबल बनाउदै संस्थाको संस्थागत बिकास गर्दै नेपालमा प्रबिधि, लगानी लैजाने र पर्यटन प्रवद्र्धन गर्ने उत्प्रेरित गरिरहेको छु । मेरो कार्यकालमा गत २७–२९ जुलाईमा नेपालका परराष्ट्रमन्त्री आयोजक राष्ट्र लक्जेम्बर्ग सरकार मन्त्रीको उपस्थितिमा युरोपियन बैठक आयोजना गरि युरोप क्षेत्रका एनआरएनएहरुको समस्या युरोपका एनआरएनहरुले नेपालमा गर्न सक्ने परोपकार लगानी र प्रबिधि भित्र्याउन सकिने बिषय छलफल गरियो । यसै बैठकमा युरोपभरिका पर्यटन व्यवसायी नेपाल पर्यटन बोर्डका प्रतिनिधिहरुलाई उपस्त्थित गराई पर्यटन प्रवद्र्धनको बिषयमा छलफल गरिकोर्यक्रमहरु तय गरियो ।
युरोपका एनआरएनएनए गठन नभएका देशमा एनआरएनएकोे कमिटी गठन गर्ने निष्क्रिय भएका एनसिसिहरुलाई सक्रिय गराउनेकोम भयो । यसबर्ष पुन युरोपेली बैठकको आयोजना गरि उक्त बैठक नेपाल भ्रमण बर्ष २०२० लाई कसरी सफल बनाउने भन्ने बिषय युरोप भरिका नेपाली दूतावासका महामहिम राजदूतज्युहरु र नेपालबाट पर्यटन बोर्डका प्रतिनिधि, नेपाल भ्रमण बर्षकोर्यक्रमका सयोजक सुरज बैद्य नेपाल सरकारको तर्फबाटकोनुन मन्त्री भानुभक्त ढलाकको समुपस्थितीमा छलफल गरिदै छ ।

एनआरएनए केन्द्रले बार्हौ युरोप सम्मेलनलाई कसरी हेरेको छ र सम्मेलनको मुख्य उद्देश्यचाहिँ के रहेको छ ? युरोप संयोजकको नाताले बताईदिनोस न ?
एनआरएनएको १२ औं युरोपेली बैठकलाई एनआरएनए केन्द्रले अति महत्वका साथ हरेको छ । यस सम्मेलनमा एनआरएन एको सस्थापक अध्यक्षदेखि पूर्ब अध्यक्ष र सबै अभियन्ताहरुकोे उपस्थित रहने छ । यस बैठककोे उद्देश्य युरोप क्षेत्रका २८ एनसिसिको गतिविधि र समस्याहरुकोे बिसयमामा छलफल गर्ने युरोप क्षेत्र एनआरएनहरुले भोग्नु परेका समस्याहरु पहिचान र छलफल गरि समाधान खोज्ने र नेपालमा पर्यटन प्रवद्र्धन कसरी गर्ने र लगानी कसरी भित्र्याउने भन्ने बिषयमा कार्यनीति तयार गर्ने हो ।

एनआरएनए आईसीसीले युरोप क्षेत्रमा रहेका नेपालीहरुलाई कस्तो प्राथमिकता दिएको छ ?
आइसिसिले युरोप क्षेत्रमा रहेका सबै गैर आवासीय नेपालीलाई अरु क्षेत्रका गैर आवासीय नेपाली सरह नै हेरेको छ ।

तपाईको हेराई र भोगाईमा युरोपमा नेपालीहरुको के कस्ता अवसर र चुनौतीहरु छन ?
युरोपमा अति विकसित राष्ट्रहरु छन् । यहाँबाट हामीले धेरै ज्ञान सीप प्रबिधी र प्रणालीबारे सिक्ने अवसर पाएका छौं र यीे सिकेका कुराहरुलाई नेपालमा गएर कार्यन्वयन गर्न सकिन्छ । यहाँको मुख्य चुनौतीमा यहाँ सबै देशकोे आफ्नै भाषा छ । त्यसैले भाषा जान्नु मुख्य चनौती छ । यहाँका देशहरुले आप्रवासीहरुलाइ नीति कडा बनायरहेका छन् । अबैधानिक रुपमा यहाँ बस्न र काम गर्न पाइदैन । तर, नेपालबाट अबैधानिक बाटो हुँदै यहाँ आउने र यहाँ अबैधानिक रुपमा बस्नुपर्ने जस्ता चुनौतीहरु छन् ।

युरोपमा रहेका नेपालीलाई केन्द्रित गरेर एनआरएनएले के–कस्ता कामहरु गरिरहेको छ ?
युरोपमा रहेका नेपालीहरुलाइ गैर आवासीय संघकोे परिचयपत्र दिने, उहाँहरुले कुनै बध्यताले यतैकोे नागरिकता लिएको भए पनि नेपालमा गैर आवासीय नगारिकता पाउनकोे लागि पहल गनर्,े यहाँको नेपालीहरुमा भैपरि आउने समस्यामा साथ दिने, उहाँहरुले सिकेको सीप र आर्जन गरेको पूँजीलाई नेपाल लैजाने बाताबरण निर्माण गरिदिने जस्ता कामहरु गरिरहेको छ ।

एनआरएनका अहिलेका मुद्दाहरु के–के छन् ?
एनआरएन एको अहिलेको प्रमुख मुद्दा एकपटककोे नेपाली सधैकोे नेपाली हुन पाउनु पर्दछ भन्ने हो । अहिले तत्कालकोे लागि नेपालको संविधानमा व्यबस्था भएको गैर आवासीय नगारिकतालाई सहज तरिकाले राजनीतिकबाहेक बाँकी सबै अधिकार नेपाली नागरिक सरह हुने गरि पाउनु पर्दछ भन्ने हो ।

एनआरएनको ड्रिम प्रोजेक्टहरु कुन–कुन हुन जस्तो लाग्छ ?
एनआरएनकोे डिम प्रोजेक्ट समृद्धि नेपाल निर्माणमा हातेमालो गर्ने हो त्यस्को लागि नेपालमा जति सकिन्छ बढी लगानी भित्र्याउने हो ।

एनआरएनको ‘लगानीसँगै सीप र प्रविधि पनि भित्रयाउने’ अभियान नारामैमात्र सिमीत हो कि व्यवहारमा पनि लागू भएको छ ?
मैलेमाथि नै भनिसके यो हाम्रो ड्रिम प्रोजेक्ट हो यसको लागि कामहरु भैरहेको छ । हामीले नेपाल सरकारसँग सम्झौता पनि गरिसकेका छौ र अब १० अर्बभन्दा बढीकोे लगानी कोेषमा रकम जम्मा गर्दै छौ । यसभन्दा अगाडि पनि ब्यक्तिगत रुपमा धेरै गैर आवासीय नेपालीले ठुला– ठुला परियोजना नेपालमा गरिरहेका छन् । एनआरएनहरुले सामूहिक रुपमा सुरु गरेको २७ मेगावाटकोे हाइड्रोपावर सम्पन्न भैसकेको छ । अब पुन म्याग्दीमा २१ मेगावाटकोे हाइड्रोपावर शुरु हुँदै छ । कृषि उत्पादनकोे लागि भण्डारण र प्रशोधनकोे लागि ठुलो प्रशोधन केन्द्र बनाउदै छौ ।

यहाँ अहिले एनआरएनए युरोप संयोजकमा रहेर काम गरिरहनुभएको छ, आगामी अक्टोबरमा हुने विश्व सम्मेलनमा कुन पदमा उम्मेदवारी दिदै हुनुहुन्छ ?
मैले एनआरएनए युरोप संयोजककोे जिम्मेवारी सस्थाकोे बिधानले निर्देशित गरेअनुसार राम्रोसँग पूरा गरेको छु जस्तो मलाइ लागेको छ । मैले माथि नै भनिसकेको छु कि मैले के–के गरे भनेर र आगामी दिनमा पनि एनआरएनए अग्रजहरुले सुरु गर्नुभएको यस अभियानमा लक्ष्य प्राप्त नगरेसम्म निरन्तर लागिरहने छु । यसपटक धेरै साथीहरूसँगकोे सरसल्लाह र सुझाब अनुसार सचिव पदमा उम्मेदबारी दिने योजनामा छु ।

तर, उम्मेदवारी घोषणा गर्नुभएको छैन नि आजसम्म ?
आजसम्म हामी अहिलेकोे जिम्मेवारीलाई अन्तिमसम्म कसरी पूरा गर्ने भनेर लागिरहेका छौ । यो युरोपियन बैठककोे समापन पछाडि म आफ्नो उम्मेद्बारी घोषणा गर्ने छु ।

यहाँले सचिब पद नै रोज्नुको कारण चाहिँ के हो ? चुनावी एजेण्डाहरु के छन् ?
एनआरएनलाई संस्थागत गर्न र संस्थालाई विधि बिधान र पद्धतिले चलाउन सचिबालयकोे महत्त्वपूर्ण भुमिका रहन्छ । सचिव पदमा बसेर त्यो जिम्मेवारी निर्वाह गर्न सकिन्छ भन्ने मेरो विश्वास छ । साथै मेरो अनुभब पनि प्रशाशनिक काम भएकोले यो पदमा इच्छा ब्यक्त गरेको हँु ।

एनआरएनएको अधिबेशन धेरै खर्चिलो हुन्छ भन्ने सुनिन्छ यो सत्य हो ?
संसारभरको एनआरएनए साथीहरु अधिबेशनमा आउनुहुन्छ । उहाँहरु छुट्टि मनाउन पनि आउने भएकोले र कार्यक्रम ब्यबस्थित पनि गर्नुपर्ने भएकाले हामीले तारे होटेलमा कार्यक्रम गर्नुपर्ने हुन्छ । यसले केही महङ्गो जस्तो देखिए पनि त्यो सबै खर्च सहभागीहरुले आफै गर्दछन । जसले देशमा रेभिन्यु जेनेरेट पनि गर्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार