आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एनआरएनए कतारको आठौं अधिबेशन सम्पन्न

शनिबार, भाद्र १४ २०७६

कतार (जस)– गैरआासीय नेपाली संघ (एनआरएनए) एनसीसी कतारको आठौं अधिबेशन सफलतापूर्वक सम्पन्न भएकाे छ । साेही अधिवेसनकाे अवसरमा नयाँ कार्यसमिति हस्तान्तरण समेत भएकाे छ ।

महाधिवेशनका लागि एनआरएनए आईसीसी नेतृत्वका शिर्ष नेताहरु कतार पुगेका थिए । एनआरएनए आईसीसी उपाध्यक्ष एवं आगामी अधिबेशनमा अध्यक्षका उम्मेदवार कुमार पन्त र कुल आचार्य, महासचिव बद्री केसि, सचिब डिबि क्षेत्री र जानकी गुरुङ, एनआरएनए ओसेनिया संयोजक धर्मराज अधिकारी, एनआरएनए पुर्ब प्रबक्ता हेमराज शर्मा, एनआरएनए युएईबाट आईसीसी सदस्य मनोज गोर्खाली, एनआरएनए साउदी अरबबाट आईसीसी सदस्य राजु सैयद, एनआरएनए युकेबाट योगेन क्षेत्री, एनआरएनए अष्ट्रेलियाबाट स्वतन्त्र प्रताप शाहलगायत नेताहरु साे अधिवेसनकाे निमित्त पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार