आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एनआरएनए यूकेमा अध्यक्षका दाबेदार शेर सुनारको पक्षमा माहौल

मंगलबार, भाद्र १० २०७६

काठमाडौं, १० भदौं । गैर आवासीय नेपाली संघ(एनआरएन) यूकेमा आगामी कार्यकाल (सन् २०१९–२०२१) का लागि अहिले माहौल शुरु भएको छ । यसै सन्दर्भमा एनआरएनए यूकेमा अध्यक्षका दाबेदार शेर सुनारको पक्षमा माहौल देखिएको छ । कर्मठ, शालीन, सक्षम, अनुभवी सुनार सबै नेपालीहरुको मन जित्न सफल सुनार ‘सबै हात एकै साथ’ का अभियन्ताका रुपमा नेपालीहरुको मन जित्न सफल भइरहेका छन् ।
एनआरएन स्थापनाको संस्थापक पञ्जीकृत सदस्य भएको नाताले एनआरएन यूकेमा उनले गर्दै आएको र पुर्याएको योगदान सधै महत्वपूर्ण रहँदै आएको छ । गैर आवासीय नेपाली संघ यूकेको उपाध्यक्षका साथै सदस्यता वितरण संयोजक रहेका सुनारले २०१७ देखि २०१९ कार्यकालमा सबैभन्दा ठूलो काम सदस्यता विस्तार अभियानलाई जोड दिएका थिए । १० हजार पञ्जीकृत सदस्यता बढाउने उद्देश्य राखेका सुनार १३८९० पञ्जीकृत सदस्य बनाउन सफल हुनाको साथ विभिन्न क्षेत्रमा अभियान नै सञ्चालन गरेका सुनार कै योगदानका कारण एनआरएन यूके विश्वकै ठूलो राष्ट्रिय समिति बन्न सफल भएको छ ।


एनआरएनको यात्रामा पवित्र उद्देश्य, संस्थाप्रति इमान्दार र मर्यादित हुँदै यस संस्थाको भौतिक विकास र संस्थाको दायित्वलाई फराकिलो बनाउन अझैँ आफ्नो जिम्मेवार बढेको महसुस गर्दै सन् २००१७ मा उपाध्यक्षको जिम्मेवारी समालीरहेका सुनारले, संस्थाले गरेको अपेक्षाभन्दा पनि अब्बलताका साथ पुरा गरेका छन् । बेलायतका दर्जनभन्दा बढी संघसंस्थामा बसेर काम गरिसके उनि बेलयातवासी नेपालीहरु माझ एकदम लोकप्रिय छन् । सामाजिक संघसंस्थाको कुरा गर्दा उनि सिर्जनशील नेपाली समाज यूकेको फाउण्डर प्रेसिडेन्ट एवं संरक्षक, इन्टेक १९८५ का फाउण्डर प्रेसिडेन्ट एवं सल्लाहकार, शिव कल्चर नेपाली कम्युनिटीका संस्थापक उपाध्यक्ष, लम्जुङ समाज युकेका सल्लाहकार, ग्रेटर रसमोर नेपाली कम्युनिटिका सल्लाहकार, यति एसोसियशन युकेका सल्लाहकार रहेको छु । यसका अलवा विभिन्न संघसंस्थामा बसेर काम गरेको ठुलै अनुभव उनिसंग छ ।

भूतपूर्व गोर्खाजहरुको मुद्दा अहिलेसम्म टुंगिएको छैन । सुनार आफै भूपूगोर्खा सैनिक भएको नाताले गोर्खाहरुको हकहित र संरक्षणमा सधै अगाडी छन् । भूतपूर्व गोर्खाजहरुकोआवाजलाई सम्बन्धित निकाय सम्म पु¥याउन उनले आवश्यक पहल गर्नेछन् । साथै, भूतपूर्व गोर्खाजहरुको अवस्था जानकारी गराउने उद्देश्यका साथ नेपालका मिडियाहरुले आयोजना गरेको कार्यक्रममा उनकै संयोजकत्वमा भूतपूर्व गोर्खाजहरुलाई भेला गराउन बिशेष भूमिका पनि खेलेको थिएँ । अंग्रेजी नजान्ने वृद्धवृद्धा बुबाआमाहरुलाई ‘लाईफ ईन युके’ अर्थात बेलायतको जनजीवन बारे आवश्यक जानकारी गराउन बिशेष कार्यक्रम ल्याउन प्रयन्त गर्ने, त्यसैगरी नजिकका आफन्त नभएका वृद्धवृद्धा बुबाआमाहरुलाई आपतविपत परेको अवस्थामा मेरो कार्यसमितिले पहिलो प्राथमिकता दिने घोषणासभामा जानकारी दिईसकेका छन् ।

‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मातृभावलाई आत्मबोध गर्दै विदेशी नागरिकता लिएका नेपालीहरूलाई मतदानको अधिकार बाहेक अन्य अधिकारसहितको दोहोरो नागरिकता पाउनुपर्छ भन्ने सबालमा नेपाल सरकारसँग सुनारको संस्थागत पहल अतुलनिय रह्यो र फलस्वरूप विधान राष्ट्रियसभाबाट पारित भइसकेको र प्रतिनिधि सभाबाट पारितको प्रतिक्षामा छ ।

त्यसैले अब कुनै जात, धर्म, क्षेत्र, लिङ्ग तथा कुनै राजनैतिक ध्रुबको आधारमा नभै एक कर्मठ, शालीन, सक्षम, अनुभवी र नेतृत्व शक्तिलाई आधार मान्ने हो भने आगामी सेप्टेम्बरमा बेलयतमा हुन गैरहेको चुनावमा अध्यक्षको लागि निर्विरोध रूपमा शेर सुनारलाई निर्वाचित गराउन आवश्यक छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार