काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)थाइल्याण्डमा नयाँ कार्यसमिति चयन भएको छ । एनआरएनए थाइल्याण्डको अधिवेशनले सर्वसम्मतरुपमा पुनः असाजिता अवालेको नेतृत्वमा नयाँ राष्ट्रिय समन्वय समिति चयन गरेको छ । नयाँ कार्यकालका लागि महेन्द्र श्रेष्ठ, भविन्द्र बस्नेत, शंकर अधिकारी, कान्छा गुरुङ र उपाध्यक्षमा प्रेम दत्त, महासचिवमा रवि महर्जन, कोषाध्यक्षमा अतिश श्रेष्ठ , सचिवमा श्रीहरि आचार्य , महिला संयोजकमा मेगा चन्द, युवा संयोजकमा सुवाश थापा त्यस्तै कार्यकारी सदस्यमा निरज वैद्य, राम की, डिल्ली ज्ञवाली, सुरज भण्डारी चयन भएका छन् । त्यस्तै, प्रवक्ताको रुपमा बरुण अमात्य नियुक्त भएका छन् । अधिवेशनले एनआरएनए थाइल्याण्डका पूर्वअध्यक्ष खगेन्द्र ढकाललाई पुनः अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी) सदस्यमा चयन गरेको छ । कार्यक्रममा थाईल्याण्डका लागि नेपाली राजदूत गणेश ढकालले गैरआवासीय नेपालीसँग मिलेर आर्थिक कुटनीतिलाई बनाउने आफ्नो इच्छा प्रकट गरेका छन । थाइल्याण्डको साँस्कृतिक मन्त्रालयकी प्रतिनिधि प्लोई यामापायनले एनआरएनए थाइल्याण्डका गतिविधिले नेपाल र थाईल्याण्डबीचको जनस्तरको सम्वन्ध विस्तारमा सहयोग पुगेको बताइन् । कार्यक्रममा एनआरएनए आईसीसी सदस्य खगेन्द ढकाल, नवनिर्वाचित अध्यक्ष असाजिता अवाले लगायतले गैरआवासीय नेपाली संघका गतिविधि र नेपाल तथा थाईल्याण्डबीचको आर्थिक सम्वन्ध विस्तार, पर्यटन प्रवद्र्धनका बारेमा बोलेका थिए ।