आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एनसीसी कतारमा अहिलेसम्मकै उत्कृष्ट कार्यसमिति : अध्यक्ष पोखरेल

शनिबार, भाद्र ७ २०७६

कतार (जस)– नेपाली प्रवासी मञ्च कतारका अध्यक्ष चानक पोखरेलले गैरआवासीयय नेपाली (एनआरएनए) कतारमा अहिलेसम्मकै उत्कृष्ट कार्यसमिति चयन भएको बताएका छन्. । एनसिसी कतारको शुक्रबार सम्पन्न निर्वाचनबाट बिजय िभएका मोहम्मद मुक्तदा समुहको जित भनेको समग्र कतारबासी नेपालीको जित भएको पोखरेलले बताए । निर्वाचन परिणाम सार्बजनिक भएसँगै जनसवाल प्रतिनिधिसङ्ग कुरा गर्दै अध्यक्ष पोखरेलले अघिल्लो पटकको हारलाई बदला लिदै पार्टीको सिफारिसमा गएका सबै उम्मेदवारलाई बिजय गराउन आफूलगायत सिङ्गो सङ्गठन लागिपरेको बताउँदै आफुहरु सफल पनि भएको बताए । उनले निर्वाचनमा रातदिन नभनी सहयोग गर्ने सबै सहकर्मी साथीहरु कतारमा रहेका सबै संघ संस्थाका प्रतिनिधिहरु र कतारमा रहेका सबै नेपाली दाजुभाइ दिदीबहिनीलाई धन्यवाद व्यक्त गरे ।

पोखरेलले यो समितिले कतारमा रहेका नेपालीहरुको बिबिध समस्याको लागि रातदिन नभनि काम गरेर नतिजासमेत देखाउने दाबी गरे । उनले अहिलेको कार्यसमिति सबै तह र तप्कालाई मिलाएर बनाइएकाले पनि बिजय हासिल गरेको जनाउँदै यसले उल्लेख्य काम गर्ने बताए । पोखरेलले अब एनसिसी कतारले यहाँ रहेका सबै संघ संस्थाहरुसङ्ग सहकार्य गर्दै अगाडि बढ्ने र अहिलेको कार्यसमितिले उत्कृष्ट काम गर्नेमा आफू बिश्वस्त रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार