काठमाडौं(जस)– गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको नवौं बिश्व सम्मेलन अक्टोबर १५ देखि अक्टोबर १८ सम्म काठमाडौँको हायात होटलमा आयोजना हुने भएको छ । एनआरएनएले बिहिबार एक विज्ञप्ति प्रकाशित गर्दै नवौं बिश्व सम्मेलनको मिति परिबर्तन भएकोले सम्पूर्ण गैरआवासीय नेपाली साथीहरु लाई आआफ्नो तालिका मिलाउन अनुरोध गरेको छ । यसअघि सम्मेलन आगामी अक्टोबर १३ देखि १६ सम्म गरिने तय भएको थियो । सम्मेलनले नयाँ सन् २०१९–२०२१ का लागि नयाँ कार्यसमिति चयन गर्ने भएकाले यो सम्मेलनलाई विशेष महत्वकासाथ हेरिएको छ । नयाँ नेतृत्वका लागि वर्तमान कार्यसमितिका उपाध्यक्ष कुमार पन्त र कुल आचार्यले उम्मेदवारी घोषणा गरिसकेका छन् ।