काठमाडौं, ६ भदौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी २०१९-२०२१ कार्यकालको लागि वर्तमान महासचिव डा बद्रि के सी उपाध्यक्षमा उम्मेद्वार हुने भएका छन । एनआरएनए आइसीसीका वर्तमान महासचिव डा के सीको संघमा संलग्नता, योगदान संघको स्थापनाकाल देखि नै रहेको छ ।
उच्च शिक्षाको लागि छात्रबृद्दि पाएपछि रसीया छिरेका केसी सानै उमेरदेखि सामाजिक कार्यमा रूचि राख्ने गर्दथे । अहिले लामो समदेखि मस्को रसियामा आफ्नै व्यवसायमा रमाइरहनुभएका केसी राजनीतिमा पनि रूचि राख्दथे । तरपनि सामाजिक जिम्मेवारीको चेतनाले उनलाइ गैरआवासीय नेपाली संघ, आफ्नो अध्ययन र आफ्नै ब्यबसायमा निरन्तर लागिरहन प्रेरित गर्यो । हाल सम्म उनको लगानी फाइनान्स, हाइड्रो, कृषि, इन्सुरेन्स, आयात निर्यातमा लगायत धेरै रहेको छ।
नेपालको चिया निर्यात गर्ने निर्यातकर्ता मध्ये सबै भन्दा ठूलो चिया ब्यबसायलाइ पनि संहालेका छन डा केसीले। नेपालको इलाममा र झापामा रहेको उनको चिया बगानमा ५०० भन्दा धेरैले रोजगारी पनि पाएका छन । यति मात्र होइन झापामा आफ्नै चिया प्रशोधन केन्द्र पनि छ। मस्कोमा रहेको उनको उद्योगमा पनि २० नेपाली सहित १०० भन्दा धेरै कामदारहरु छन्।
गैरआवासीय नेपाली संघको स्थापना भन्दा अघि यसको कन्सेप्ट बनाउने समय देखिनै संस्थाका अभियन्ता डा उपेन्द्र महतो, जिबा लामिछाने संगसंगै अभियानमा होमियका डा के सी २००३(२००७ सम्म राष्ट्रिय समन्वय परिषद रुसको साधारण सदस्य मात्र रहेका थिए । उनले एनआरएनएमा विशेष गरेर डीजीटल सदस्यता व्यवस्थापन कार्यमा विशेष योगदान पुराएका थिए ।