आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एनआरएनए स्पेनको अध्यक्षमा दिनेश गुरुङ (देउकाजी) को उम्मेदवारी घोषणा

बिहिबार, भाद्र ५ २०७६

काठमाण्डौं–गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको अध्यक्षमा दिनेश गुरुङ (देउकाजी) ले उम्मेदवारी घोषणा गरेका छन्। सन् २००९– २०११ को कार्यकालमा महासचिव पदमा रही काम गरेका गुरुङले संघको छैँठौ अधिबेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन्। उनि सन् २०१३– २०१५ को कार्यकालमा संघको सल्लाहकार पनि हुन्। गुरुङले सन् २०१५– २०१७ मा तत्कालिन प्रबासी नेपाली मञ्च स्पेनको अध्यक्षमा रही काम समेत गरे। बुधबार बार्सिलोनामा घोषणासभाको आयोजना कार्यक्रममा बोल्दै गुरुङले नेपाल भ्रमण बर्ष २०२० लाई दूताबाससँग सहकार्य गर्दै सफल पार्न आँफूले सक्दो प्रयत्न गर्ने बताए।

उनले एनआरएन स्पेनको कार्यालयलाई थप ब्यबस्थित गर्ने प्रतिबद्वता समेत ब्यक्त गरे। गुरुङले भने,” दिर्घकालिन सोचका साथ संघ संस्थाहरु र नेपाली समुदायको सहयोगमा आफ्नै स्वामित्वमा कार्यलय सहकारीको अबधारणा अनुरुप स्थापना बिस्तार र बिकास गर्ने भन्दै प्रतिबद्वताको प्राथमकितामा राखिएको छ।”एनआरएन स्पेनको बहुउदेश्यीय प्रायोजनको अक्षयकोषको स्थापना गर्ने उनले घोषणासभालाई सम्बोधन गर्दै बताए। स्पेन सरकारका बिभिन्न निकायसँग सम्बन्ध बिस्तार गर्दै ति निकायबाट नेपाली समुदायको हितको लागि पाउन सक्ने सेवा सुबिधा र सहयोगको लागि हर सम्भव प्रयास गर्ने गुरुङको प्रतिबद्धता पत्रमा उल्लेख छ।
आईसीसी सदस्यमा रानाभाटको उम्मेदवारी


गैर आबासीय नेपाली संघको बर्तमान उपाध्यक्ष सुनिल रानाभाटले अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। गुरुङकै टिमबाट रानाभाटले उम्मेदवारी दिने घोषणा गरेका हुन्। रानाभाट पाँचौ अधिबेशनमा सर्बाधिक मत ल्याई उपाध्यक्षमा बिजयी बनेका थिए। यस्तै सन् २०१५–२०१७ को कार्यकालमा सचिव पदमा रही काम गरेको उनिसँग अनुभव छ। घोषणासभामा बोल्दै उनले दुई कार्यकाल लगातार संघको कुनै कुनै जिम्मेबारीमा रही काम गरेको अनुभवका अधारमा अन्तराष्ट्रिय समन्वय परिषदमा जान अग्रजहरुले सल्लाह र सुझाव दिएकाले आँफूले उम्मेदवारी घोषणा गरेको बताए।
कुन–कुन पदका कसले उम्मेदवारी दिदै
यस्तै उपाध्यक्ष (खुल्ला तर्फ) दिनेश कुमार गिरी र उत्तर राई,उपाध्यक्ष (क्षेत्र) तुलसी गुरुङले उम्मेदवारी दिने घोषणासभा मार्फत जानकारी गराईएको थियो। महिला उपाध्यक्षमा लोक तथा दोहोरी गायिका सुमी घिमिरे सापकोटाको उम्मेदवारीलाई समर्थन गर्ने बताईएको छ।
समाबेशी टिमवाट नै महासचिवमा उमाराज ढकाल(राज),सचिवमा धुर्ब्र भट्ट र भुवन कटुवाल,कोषाध्क्षमा गोबिन्द राज तिमिल्सिना,सह–कोषाध्क्षमा शान्ता राणाले उम्मेदवारी दिने घोषणा गरेका छन्। कार्यसमिति सदस्यका लागि तारानाथ अधिकारी, भुपन्द्र कुमार श्रेष्ठ,आङ् लाक्पा शेर्पा,पान बहादुर तामाङ् र सोम प्रसाद गुरुङले उम्मेदवारी दिने भएका छन्। उक्त टिमले युवा संयोजकका उम्मेदवार शुरेश शर्मा र महिला संयोजक मौसमी गुरुङ (समी) लाई समर्थन गर्ने भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार