सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

“मिस टिन कलेज २०१९” को पहिलो अडिसन सम्पर्न

शनिबार, असार २१ २०७६

काठमाडौं, असार २१ : विगत ११ वर्ष देखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले मिस टिनकलेज २०१९ को  सातौ संस्करणको लागि पहिलो छनौट चरण सम्पर्न गरेको छ । पहिलो छनौट चरणवाट मिस टिन कलेजको लागि १६ जना छात्राहरु विभिन्न कलेजमा अध्ययरत १६ वर्ष २० वर्ष सम्मको छात्राहरु लाई छनौट गरिएको छ । उक्त छनौट कार्यक्रममा मिसेस व्यूटी क्वीन नेपालकी विजेता शान्ति लिम्बु,सिम्रीक एयरलाइनसकी चिफ एयरहोस्टेज साथै सिजन मिडियाकी डाइरेक्टर रेजीना तुलाधर रहनु  भएको थियो ।
उक्त प्रक्रियावाट छनौट भएका  प्रतियोगीहरुलाई २०७६ साल श्रावण १ गते वाट २७ दिनको प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा  पौडी, शारारिक फिटनेश ,फोटो सेसन, मोडलिङ् र्याम्प वाक , पालुङ भ्रमण, टेवल म्यानर,फोटोग्राफी,फूटसल लगायत विभिन्न प्रतियोगीतात्मक खेलकुदका कार्यक्रमहरु,व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल, नारकोनन नेपाल,वाल आश्रम, वृद्धा आश्रम आदि  मिडिया सम्वन्धी जानकारी, कल्चरल भिजीट, विभिन्न कलेजको भ्रमण र हस्पीटालीटी सम्वन्धि जानकारी प्रदान पनि गराइने छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नु हुनेछ  । सामाजीक सेवा अन्तरगर्त फष्ट नेपाल फाउण्डेसन संगको आवद्धतामा एक वर्ष सम्म विभिन्न सामाजीक कार्यमा सहभागी गराइने छ ।
उक्त कार्यक्रमको लागि सहभागीताको लागि असार अन्तिम सम्म आवेदन फारम सिजन मिडियाको कार्यलय कमलादीमा भर्न सकिनेछ भने द्रोस्रो संकरणको अडिसनमा सहभागी हुन सक्नु हुनेछ । उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा श्रावणको अन्तिम साता राजधानीमा सम्पर्न हुनेछ । प्रतियोगिताका विजेताले “मिस टिन कलेज २०१९” कोे ताज उपाधि सहित उच्च शिक्षाको लागि छात्रावृत्ति साथै थाइल्याण्ड भ्रमणको अवसर र वैदेशिम उच्च शिक्षाको लागि अष्टेलियाको लागि छात्रावृत्ति पाउने छन भने नेपाल एयर होस्टेज एकाडमीमा एयरहोस्टेज अध्ययनकोलागि पूर्णछुट पाउनुको  साथै अन्य गिफ्टहयाम्पर पाउने छन । यस बाहेक अन्य विभिन्न २० विधामा पनि विजेता छनौट गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार