बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

फिफा महिला विश्वकप फुटबको उपाधिका लागि अमेरिका र नेदरल्याण्ड्स खेल्ने

बिहिबार, असार १९ २०७६

काठमाडौं, १९ असार । फिफा महिला विश्वकप फुटबको उपाधिका लागि अमेरिका र नेदरल्याण्ड्स भिड्ने भएका छन् । सेमिफाइनलमा पराजित भएका स्विडेन र इंग्ल्याण्डले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।

अमेरिकाले इंग्ल्याण्डलाई पराजित गर्दै सेमिफाइनलमा यसअघि नै स्थान बनाएको थियो । बिहीबार बिहान भएको खेलमा नेदरल्याण्ड्सले स्विडेनलाई अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा अमेरिकासँगको खेल पक्का गर्‍यो । फ्रान्समा जारी प्रतियोगिता अन्तर्गत नेदरल्याण्ड्सले स्विडेनमाथि ९९ औं मिनेटमा गरेको गोल नै फाइनलमा स्थान बनाउन पर्याप्त बन्यो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले गोल रहित बराबरी खेलेपछि अतिरिक्त समयमा गएको थियो । जसमा नेदरल्याण्ड्सका लागि जेसिकी गोरेनिनले गोल गर्दै १–० को अग्रता दिलाइन् । त्यसपछि थप गोल नभएपछि सोही गोल नै नेदरल्याण्ड्सका लागि विजयी गोल बनेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार