बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

कोपा अमेरिका : अर्जेन्टिनालाई हराउँदै ब्राजिल फाइनलमा

बुधबार, असार १८ २०७६

काठमाडौं / अर्जेन्टिनालाई हराउँदै आयोजक ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार बिहान भएको सेमिफाइनलमा चिर परिचित प्रतिद्वन्द्वी अर्जेन्टिनालाई २–० ले हराउँदै ब्राजिल फाइनलमा प्रवेश गरेको हो ।

ब्राजिलका लागि ग्याब्रियल जिसस र रोबर्टो फिर्मिन्होले १/१ गोल गरे ।

खेलको १९ औं मिनेटमा जिससले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । ७१ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै ब्राजिललाई २–० को जित दिलाए ।

उपाधिका लागि ब्राजिलले अब चिली र पेरुबीचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार