विश्व फुटबलमा यी छिमेकी देशको सन् १९१४ देखिनै प्रतिद्वन्दिता रहेको छ । तर अर्जेन्टिना र ब्राजिलले एक आपसमा पहिलो पटक सन् १९१४ मा खेलेका थिए । त्यसपछि सन् १९५८ र १९६२ मा ब्राजिल विश्व च्याम्पियन भएपनि अर्जेन्टिना र ब्राजिलका खेलहरुमा अर्जे्न्टिनाले डोमिनेट गरेको देखिन्छ । १९७० को दशकमा भने अर्जेन्टिनाको फुटबल निकै नराम्रो अवस्थामा पुगेको थियो । यस समयमा खेलिएका खेलमा अर्जे्न्टिनाले ब्राजिलसँग ७ खेल हारेको थियो भने ४ खेल बराबरीमा रोकेको थियो । त्यस्तै एक खेलमा मात्रै जित हासिल गरेको थियो । त्यस समयदेखि अहिलेसम्म आउदा विश्व फुटबलमा दुवै देशको एक किसिमको दबदबा रहेको छ । पेलेको ब्राजिल र म्यारोडोनाको अर्जे्न्टिना हुदै रोनाल्डोको ब्राजिल र अहिले आएर मेसीको अर्जे्न्टिना सम्म पुगेको छ । पछिल्ला बर्षहरुमा दुवै देश विश्व फुटबलमा उत्कृष्ट खेलाडी दिए पनि विश्वकप तथा अन्य क्षेत्रिय प्रतियोगिता भने जित्न सकेका छैनन् । ब्राजिल पछिल्लो पटक सन् २००२ मा विश्वकप जितेको थियो भने अर्जे्न्टिना २०१४ को विश्वकपमा फाइनलमा पुगेको थियो भने पछिल्लो पटक अर्जेन्टिनाले सन् १९८६ मा विश्वकप जितेको थियो ।
यी दुई देशबीच अहिलेसम्म कुल ११० खेल भएका छन् । जसमा ब्राजिलले ४५ खेल जितेको छ बहने अर्जेन्टिनाले ३९ खेल जितेको छ । त्यस्तै २६ खेल बराबरी भएका छन् । यी खेलका क्रममा बर्जिलले १६५ गोल अग्रेको छ भने अर्जेन्टिनाले १६६ गोल गरेको छ । यस बिचमा ब्राजिलले ५ पटक विश्वकप जितेको छ बहने अर्जेन्टिनाले दुई पटक विश्वकप जितेको छ । त्यस्तै अर्जेन्टिनाले १४ पटक कोपा अमेरिका र २ पटक ओलम्पिकको उपाधि जितेको छ । तर, कोपा अमेरिकाको अवस्था हेर्ने हो भने अर्जेन्टिना निकै अगाडी छ । कोपा अमेरिकामा अहिलेसम्म अर्जेन्टिनाले ब्राजिललाई १५ पटक पराजित गरेको छ भने ब्राजिलले ८ पटक पराजित गरेको छ ।