आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सुल्झियो गलबन्दी विवाद, प्रकाश र शम्भुबीच यस्तो सहमति

बिहिबार, असार १२ २०७६

काठमाडौं । लोकदोहोरी प्रतिष्ठानदेखि संसदसम्म पुगेको ‘गलबन्दी’ विवाद सुल्झिएको छ ।

बुधबार लोकदोहोरी गीत गलबन्दीका सर्जक तथा गायक प्रकाश सपूत र शम्भु राईबीच ४ बुँदे सहमति पश्चात् विवाद सुल्झिएको हो ।

सहमतिसँगै गलबन्दी गीतको संगीतकारमा शम्भु राईको नाम थपिने भएको छ । यसअघि प्रकाश सपूतको मात्रै नाम थियो । अब दुवैको रहनेछ ।

सपुतको ‘गलबन्दी च्यातियो’ बोलको गीत सार्वजनिक भए लगत्तै राईको ‘आऊ नाचौं साथी हो’ बोलको देउसीभैलो गीतसँग मिलेको विवाद सुरु भएको थियो । कतिले प्रकाश सपूतको पक्षमा बोलेका थिए भने कतिले शम्भु राईको गीतको लय प्रकाशले चोरेको भन्दै गाली गरिरहेका थिए ।

अब भने यो विवाद टुंगिएको छ ।

यस्ताे छ गायकद्वय शम्भु राई र प्रकाश सपूतबीच भएको सहमति पत्रः

प्रतिक्रिया
सम्बन्धित समाचार