आर.एन.पटेल
रौतहट/ प्रदेश नं.२ अन्तर्गत रौतहटको मध्य भागमा पर्ने गरुडाको झाझपुल–कटहरीया सडक खण्डको दुधियाभार शस्त्र बेसकैम्प भन्दा करिब १०० मिटर पुर्व नहरको कल्भर्ट नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ ।
कटहरीयाबाट झाझपुल तर्फ आइरहेको १२ चक्के ईटा बोकेको लु १ क ३५६४ नम्बरको ट्रकले विपरीत दिशाबाट गइरहेको ना २१ प ४७० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइलमा सवार आमा र छोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कटहरीया नगरपालिका वडा नम्बर १ भसेढवा निवासी दिलिप साहको ३० बर्षिय श्रीमती सुगान्धी देवी र ५ बर्षीय छोरी अम्बीका कुमारी रहेका छन । मोटरसाइकलमा सवार दिलिप साह र उनका छोरालाई सामान्य चोटपटक लागेको छ । ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको र चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।