बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

विश्वकप क्रिकेट : अपराजित रहने लक्ष्यका साथ आज भारत र न्युजिल्याण्ड भिड्दै

बिहिबार, जेष्ठ ३० २०७६

काठमाडौं, ३० जेठ । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज बिहीबार एक खेल हुँदैछ ।

बिहीबार हुने एक मात्र खेलमा भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

इंग्ल्यान्डको ट्रेन्ट ब्रिजमा दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ ।

भारत र न्युजिल्याण्ड जारी विश्वकपमा अपराजित टोली हुन् । दुवै टोली प्रतियोगितामा अपराजित रहने लक्ष्यका साथ मैदान उत्रनेछन् ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको न्युजिल्यान्ड लगातार चौथो खेलमा जित हात पार्ने लक्ष्यमा हुनेछ भने भारत ह्याट्रिक जितको खोजीमा हुनेछ ।

न्युजिल्यान्डले श्रीलंकालाई १० विकेटले, बंगलादेशलाई दुई विकेटले र अफगानिस्तानलाई सात विकेटले पराजित गरेको थियो । यस्तै भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले र अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार