आर.एन. पटेल
रौतहट, २८ जेष्ठ – प्रदेश नं.२ को रौतहट अन्तर्गत पर्ने पुर्व पश्चिम राजमार्गको पौराई जंगलमा रोकि राखेको भारतीय तिर्थ यात्री बोकेको बसलाई मालबाहक ट्रकले पछाडीबाट ठक्कर दिदा २ जना भारतीय यात्रुको घटनास्थलमैं मृत्यु भएको छ भने २१ जना तिर्थ यात्रुहरु घाईते भएका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर १ स्थित पुर्व पश्चिम राजमागको पौराई जंगल स्थित मंगलपुरमा काठमाण्डौबाट जनकपुर तर्फ गईरहेको ना.६ ख. ९०३० नम्बरको तिर्थ यात्रु बोकेको बस सोमवार राति १२:४५ बजेको समयमा दिशापिसाव गर्न रोकेर ओर्लेने क्रममा सोही दिशा तर्फ गईरहेका को. १ ख २६२५ नम्वरको मालबाहक ट्रकले पछाडीबाट ठक्कर दिदा २ जना भारतीय नागरिकको घटनास्थलमा नै मृत्यु भएका हुन् ।
उक्त बसमा भारतको उडिसा राज्यका ६० जना तिर्थ यात्रुहरु सवार थिए । ट्रकले ठक्कर दिदा उडिसा राज्यको ५२ बर्षिय विजयकुमार जेना र ५४ बर्षिय चरण विशालको घटनास्थलमा ज्यान गएको जानकारी दिदै रौतहट प्रहरीका डिएसपी नविन कार्कीले २१ जना घाईते तिर्थ यात्रुहरु मध्ये ५५ बर्षका सर्बेश्वर जेना, ५३ बर्षका शेषादेव जेना र ६३ बर्षका करुणा कर्जुना अवस्था गम्भीर हुँदा विरगंज स्थित न्यूरो अस्पतालमा उपचार भईरहेको बताए ।
७० बर्ष कि शौरिबिहारा, ७५ बर्षका बलभद्र बिश्ववाल, ५३ का श्रीनिवास राउत, ४५ का दुर्योधन पाईकारा, ४२ का रत्नाकार दास र बस चालक जिल्ला झापा मेचि नगरपालिका १० बस्ने बर्ष ५७ को दुर्गा प्रसाद पौडेलको उपचार चन्द्रनिगाहपुर अस्पताल प्रालीमा भईरहेको तथा १२ जनाको समान्य उपचार पछि अस्पतालबाट डिस्चार्ज भएको समेत उनले जानकारी दिए ।
तिर्थ यात्रु बोकेको बसलाई ट्रकले ठक्कर दिदा दुखद घटना भएपछि प्रमुख जिल्ला अधिकारी किरण थापा संगै सुरक्षा निकायका टोली सहित घटनास्थलमा पुगेका थिए ।घटनापछि ट्रक चालक फरार भएपनि प्रहरी अनुसन्धानबाट पत्ता लागि सकेको हुनाले चाँडै चालकलाई नियन्त्रणमा लिने डिएसपी कार्कीले दाबी गरे । मृतक दुवै जनाको शव चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालमा राखिएको तथा बसमा सबै यात्रुहरु एउटै गाउँको रहेको बताए ।